पाचौ हप्तामा पनि सफलताका साथ प्रदर्शन भैरहेको चलचित्र ‘महापुरुष’ निर्माण टिमले १० करोड ग्रस कलेक्सन गरेको खुशीयालीमा केक काटेर खुशी आदानप्रदान गरेकोछ । प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको ‘महापुरुष’ले देश तथा बिदेशमा राम्रो व्यापार गरिरहेकोछ । ‘महापुरुष’ का कार्यकारी निर्माता तथा कलाकार रविन्द्र सिंह बानियाँका अनुसार फिल्मले ३० दिनमा १० करोड १४ लाख कमाएको छ । रेकर्ड तोड्नु पर्छ भनेर हामीले फिल्म बनाएका थिएनौं, बाआमाले हाम्रा लागि धेरै गर्नुभयो, उहाँहरूका लागि पनि केही गरौं भनेर मनबाट फिल्म बनाएका थियौ तर दर्शकहरूले मन पराउनु भयो यही हाम्रो नसोनसोचेको सफलता हो हामी खुशी छौ निर्देशक भट्टराईले बताए ।
फिल्म देश तथा बिदेशमा सफलताका साथ प्रदर्शन भैरहेको छ । फरक तर सामाजिक कथा बस्तु भएकोले पनि दर्शकले रुचाइरहेका छन । केही समय अगाडी अमेरिकाको एक शहरमा एक अमेरिकि जोडीलेपनी फिल्म हेरेर प्रशंसा गरेका थिए । यही मागलाई ध्यानमा राखेर ‘महापुरुष’ लाई चिनियाँ भाषामा सबटाइटल राखेर फेस्टिभलमा देखाउने र हिन्दी भाषामा डब गरेर डिजिटल प्लेटफर्ममा रिलिज गरिने कार्यकारी निर्माता बानियाले जानकारी दिए ।
‘फिल्मको बारेमा दर्शकले नै राम्रो छ भनेपछि पाँचौं हप्तामा झनै दर्शक बढिरहेका छन् । फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गौरी मल्ल, राजाराम पौडेल, रवीन्द्रसिंह बानियाँ, शिरू विष्टसँगै नवप्रस्तुतिमा अरुण क्षेत्री र अञ्जना बराईली मुख्य भूमिकामा रहेका छन् । फिल्ममा एक्लोपनको कथा देखाइएको छ । आदर्शनगरमा बसोवास गर्ने अवकाशप्राप्त शिक्षकमार्फत पिता र एकल पुरुषसँगै एक्लोपन कथा फिल्ममा देखाइएको छ ।भविष्य निर्माण गर्न अलग भइसकेको छोरा, सपना बोकेर अस्ट्रेलिया जान लागेको छोरा र एक्लोपनमा रहेका शिक्षकमार्फत समाजको गम्भीर विषयलाई सरल रुपमा प्रस्तुत गरिएको छ । षट्कोण आर्ट्स प्रालिको व्यानारमा निर्मित फिल्मका निर्माता दिपेश खत्री रहेका छन् ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।