इराकको एक विवाह समारोहमा आगलागी हुँदा कम्तीमा १ सय जनाको मृत्यु भएको छ भने १५० जनाभन्दा घाइते भएका छन् । स्थानीय मिडियाका अनुसार दुलहा र दुलहीसमेत घटनामा पीडित बनेका छन् ।निनेभ प्रान्तको अल–हमदानिया जिल्लामा मंगलबार राति यो घटना भएको बताइएको छ । के कारणले आगलागी भएको भन्ने यकिन नभए पनि प्रारम्भिक रिपोर्टमा आतिशबाजी पछि आगलागी सुरु भएको उल्लेख छ ।इराकी समाचार एजेन्सी निनाले दर्जनौँ अग्नि नियन्त्रकहरू आगलागी नियन्त्रणमा खटिएको तस्बिर सार्वजनिक गरेको छ ।रत्यक्षदर्शीका अनुसार सयौँ मानिसहरू विवाह समारोहमा रमाइलो गरिरहेका बेला स्थानीय समयअनुसार राति १०ः४५ बजे आगलागी सुरु भएको थियो ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।