मध्य चीनको हुनान प्रान्तमा पाँचवटा बहु सवारीसाधन एकआपसमा ठोक्किँदा १६ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्। आईतवार साँझ ५ बजेतिर ४९ वटा सवारीसाधनहरु बिच ठक्कर हुँदा दुर्घटना भएको हुनान प्रान्तको हाई-वे ट्राफिक प्रहरी विभागका प्रमुख ले जनाएकाछन । दुर्घटनामा ६६ जना घाइते भएका छन्, जसमध्ये ८ जनाको अवस्था गम्भीर रहे पनि हालसम्म स्थिर रहेको छ । घाइते सबैलाई उपचारका लागि अस्पताल पठाइएको छ । दुर्घटनाबारे अनुसन्धान भइरहेको छ ।