धरानका पुर्व मेयर स्वर्गिय तारा सुब्बाको शालिक अगाडी नेकपा एस नेता तथा लोकतान्त्रिक वाम गठबन्धन सुनसरी १(२) प्रदेश सभा सदस्यका उम्मेदवार रेवती रमण राई भावुक भएकाछन । शालिक अगाडे उभिएर उनले नेकपा (एकीकृत समाजवादी)को तर्फबाट पुर्व मेयर तारा सुब्बा जिवित भए उहाकै उम्मेदवारी रहने कुरा बताए ।धरान १६ को घरदैलो कार्यक्रममा हिडिरहदा तारा सुब्बा स्मृति पार्कमा भावुक हुँदै लोकतान्त्रिक वाम गठबन्धन कलम चिन्हका उम्मेदवार रेवती रमण राईले स्वर्गीय तारा सुब्बाको स्मृतिमा अभिनन्दन गरेर अभियानमा अघि बढेका थिए । धरान १६ लाई स्वर्गीय तारा सुब्बाले बिकास को बाटोमा डोहोर्याउने काम गर्नुभएको थियो ।

धरान १६ मा झोलुङ्गे पुल देखि विभिन्न बाटोहरु कालोपत्रे गर्न सुब्बाको निकै महत्त्वपूर्ण योगदान रहेको चर्चा गरे । तारा सुब्बाकै स्मृतिमा धरान १६ मा पार्क निर्माणाधीन अवस्थामा रहेको छ ।राईले आफू जितेर गएपछी तारा सुब्बा स्मृति पार्कलाई अझ सुन्दर र व्यवस्थित गर्ने प्रतिबद्धता गरे । सुनसरी १ मा लोकतान्त्रिक वाम गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार माओवादीका मुक्सामहाङ्ग मेन्याङ्बो र प्रदेश सभा क तर्फ नेपाली काङ्ग्रेसका उमेश थापा रहेका छन् ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।