निर्वाचन आयोगले सातै प्रदेशका मतदाताको सङ्ख्या सार्वजनिक गरेको छ । मङ्सिर ३ गतेसम्म १८ वर्ष उमेर कायम हुने मतदाताको सङ्ख्या एक करोड ७९ लाख ८८ हजार ५७० रहेको आयोगले जनाएको छ । जसमध्ये प्रदेश १ मा ३३ लाख ९६ हजार ८६५ जना मतदाता रहेका छन् । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा प्रदेश नं. १ मा ३३ लाख ९६ हजार ८६५ मतदाताले मतदान गर्न पाउने आयोगले जनाएको छ । जसमा १७ लाख २९ हजार ७७२ पुरुष, १६ लाख ६७ हजार ७१ जना महिला र २२ जना अन्य छन् । सातै प्रदेशको मतदाता संख्या हेर्दा बागमती प्रदेशमा सबैभन्दा धेरै मतदाता रहेका छन् भने कर्णाली प्रदेशमा सबैभन्दा कम रहेका छन् ।