यस बर्षको शुभ दिपावालीको अवसरमा रिलिजको तयारी रहेको चलचित्र ‘ महापुरुष’ को प्रोमोशनल टुर बिर्तामोडबाट सुरु भएकोछ । मंगलबारबाट बिर्तामोडबाट सुरुभएको टुरको पहिलो दिन बिर्तामोडमा भब्य कन्सर्ट भएकोछ । बिर्तामोड स्थित वान स्टेप मलको प्राङ्गणमा भएको कन्सर्टमा बिर्तामोडका दर्शकहरुको बाक्लो उपस्थित थियो । ‘महापुरुष’को मुख्य कलाकारहरु हरिबंश आचार्य गौरी मल्ल , राजाराम पौडेल ,नायक नायिका अरुण क्षेत्री , अन्जना बराईली ,कार्यकारी निर्माता तथा कलाकार रबिन्द्र सिंह बानियाको उपस्थिती रहेको कार्यक्रमलाई चर्चित कमेडियन सुमन कार्कीले संचालन गरेका थिए । स्ठानिय कलाकारहरुको सांगेतिक प्रस्तुतीबाट सुरु भएको कार्यक्रममा चलचित्रको नायक नायिका अरुण क्षेत्री र अन्जना बराईलीले डान्स पर्फम गरेका थिए ।
यसैगरी कार्यक्रमको मुख्य आर्कषण चर्चित गायिका रचना रिमालको प्रस्तुतीमा दर्शकहरु झुमेका थिए । रचनाले करिव आधा दर्जन गीतहरु गाएर स्टेज तताएकी थिइन ।रचनाले गीत गाउदै ‘महापुरुष’को रिलिज मिती पनि दर्शकहरुलाई बताउदै ‘महापुरुष’को प्रचारप्रसार गर्दै फिल्म हेर्न जान आग्रह समेत गरेकी थिइन । उता मुख्य कलाकार हरिबंश आचार्य र गौरी मल्लले हरिबंशकै गीत गाएर स्टेजमा प्रबेश गरेका थिए । उनिहरुले पनि कार्तिक ११ गते सम्झाउदै उपस्थित दर्शकको भिडलाई ‘महापुरुष’को बारे बताएका थिए ।हरिबंशले फिल्मको मुख्य पात्रनै आफु भएकोले मात्र नभएर यो फिल्म एकदम राम्रो बनेको कारण फिल्मको बारे बताउन चुलो निम्तो झापा आएको बताए ।
महापुरुष को टिम दिनभर जसो दमकमा वय्स्त रह्यो । टिम दमकमा प्रेस मिट , हल भिजिट र स्कुल भिजिटमा व्यस्त भएको थियो । कलाकार सहित दमकको डिम्याक्स सिनेमाहलमा पुग्दा उपस्थित दर्शकहरुले महापुरुष हेर्न आतुर रहेको बताए । टुर अब बुधवार इटहरी र बिराटनगरमा प्रोमोशनमा व्यस्त् हुनेछ । कात्तिक ११ गतेबाट प्रदर्शन हुन लागेको फिल्ममा मदनकृष्ण श्रेष्ठ, रविन्द्र सिंह बानियाँ, अन्जना बराइली, राजाराम पौडेल, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्यलगायतको पनि अभिनय रहेकोछ ।