मोरङ र सुनसरीको छुट्टा छुट्टै दुई स्थानबाट प्रतिबन्धित लागुऔषध सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमवार मोरङको बिराटनगर महानगरपालिका -१५ ढाट स्थितबाट लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ आउदै गरेको सुन्दरहरैचा नगरपालिका-६ का २० बर्षीय पुजन लिम्बुको साथबाट NITRAZEPAM- 50 चक्की फेला पारी नियन्त्रणमा लिएको हो भने आज बिहान ३ बजे सुनसरीको बर्जु गाउपालिका ६ स्थितमा ईलाका प्रहरी कार्यालय चिमडीबाट खटिएको प्रहरी टोलीले बाटोको साईटमा राखीएको प्रदेश नम्बर १-०२-०४३प९९३४ नम्बरको पल्सर मोटरसाईकलमा राखीएको कालो ब्यागमा ४० के.जी गाँजा फेला पारी बरामद गरेको हो । बरामद गरेको लागु औषध र पक्राउ परेको लिम्बुको सम्बन्धमा सम्बन्धित कार्यालयहरुबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकोछ ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।