कतारमा जारी विश्वकप – २०२२ को आज प्रि–क्वाटरफाइनलका अन्तिम दुई खेल हुँदैछन । पहिलो खेलमा समूह ‘एफ’ को विजेता मोरक्कोले समूह ‘ईं’ को उपविजेता स्पेनसँग खेल्दैछ । अर्काे खेलमा समूह ‘एच’ को विजेता पोर्चुगलले समूह ‘जी’ को उपविजेता स्वीट्जरल्यान्डसँग खेल्दैछ । यि दुई खेलको अन्त्यसँगै क्वाटरफाइनल समिकरण पूरा हुनेछ । हालसम्म नेदरल्यान्ड्स, अर्जेन्टिना, फ्रान्स, इंग्ल्यान्ड, क्रोएसिया र ब्राजिलले क्वाटरफाइनलमा स्थान बनाइसकेका छन् ।
मोरक्को र स्पेनबीचको खेल एजुकेशन सिटी रंगशालामा नेपाली समयअनुसार राति ८ः४५ बजेपछि हुनेछ । यस्तै पोर्चुगल र स्वीट्जरल्यान्डबीचको खेल लुसेल आइकोनिक रंगशालामा राति १२ः४५ बजेपछि हुनेछ । पोर्चुगल समूह ‘एच’ को विजेता तथा स्वीट्जरल्यान्ड समूह ‘जी’ को बनेर भिडन्त तय गरेका हुन् ।