गृह मन्त्रालयले बहालवाला तथा पूर्वकर्मचारी र सुरक्षाकर्मीले नियमविपरीत व्यक्तिगत सुरक्षाकर्मी र सहयोगी राखेको भए फिर्ता गर्न मातहतका सुरक्षा निकायलाई निर्देशन दिएको छ ।गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले ४८ घण्टाभित्र नियमविपरीत व्यक्तिगत सुरक्षाकर्मी र सहयोगी राखेको भए फिर्ता गर्न मातहतका सुरक्षा निकायलाई निर्देशन दिएको बताए ।गृह प्रवक्ता पोखरेलले मङ्गलबार जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ, ‘‘विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्था कार्यविधि २०७७ को व्यवस्थाभन्दा विपरीत सेवा सुविधा लिएको र व्यक्तिगत सुरक्षाकर्मी तथा सहयोगी राखेको भए ४८ घण्टाभित्र फिर्ता गर्न निर्देशन दिएको हो ।’’बहालवाला तथा पूर्व कर्मचारी–सुरक्षाकर्मीहरुले कार्यविधिमा तोकिएअनुसार मात्रै व्यक्तिगत सुरक्षाकर्मीको सुविधा पाउने बताए ।