धरानमा बसोबास गर्ने भारती गोर्खा भुतपूर्व सैनिकहरुले धरानमा व्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने भएका छन । बुधबार धरानमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता बारे जानकारी गराइएको हो । भारतीय सेनामा रहेका भुपूसैनिकहरुको संगठन धरान व्याडमिन्डन ग्रुप ले आयोजना गर्ने प्रतियोगितामा प्रदेश स्तरीय बि डिभिजन स्तरीय खेलाडीहरु सहभागी हुने धरान व्याडमिन्डन ग्रुप का अध्यक्ष मनि चाम्लिङ्ग राईले जानकारी दिए ।
कोशी प्रेदेशका १४ वटै जिल्लाको उत्कृष्ट खेलाडीहरुलाई सहभागिता गराई खेलको माध्यमबाट खेल पर्यटन प्रवर्द्धनमा समेत कोसे ढुंगा सावित गर्ने योजना रहेको अध्यक्ष राईले जानकारी दिए । प्रतियोगीतालाई तीन स्तरमा मेन्स डबल्स वि लेभल, मिक्स डवल्स वि लेभल लेडिज ओपन र आन्तरिक धरान नगरस्तरीय मा विभाजन गरिएको छ । प्रतियोगीतामा सहभागी हुन २,०००, १,५०० र १,००० दर्ता शुल्क लाग्ने आयोजकले जनाएको छ ।
प्रतियोगिता यहि जेष्ठ २३ र २४ गते दुईदिन अमर सेवा समाज, धरान १३ को कवर्ड हलमा हुने छ । प्रतियोगिताको मेन्स डबल बि लेभलले प्रथम पुरस्कार । ५१,०००।( ९मेडल, ट्रफी र प्रमाण(पत्र,दोश्रो पुरस्कार , रु। २७,०००।( ९मेडल, ट्रफी र प्रमाण पत्र र तेश्रो पुरस्कार रु। ९,०००र मेडल, ट्रफी र प्रमाण(पत्र प्राप्त गर्नेछन ।
यसैगरी मिक्स डबल बि लेभल लेडिज ओपन ले प्रथम पुरस्कार रु। ३०,०००।मेडल, ट्रफी र प्रमाण(पत्र,दोश्रो पुरस्कार,रु। १७,०००।मेडल, ट्रफी र प्रमाण(पत्र र तेश्रो पुरस्कार रु ५,०००र(र रु।५,०००।( मेडल, ट्रफी र प्रमाण(पत्र प्राप्त गर्नेछन । आन्तरिक धरान नगर स्तरीय सि लेभल तर्फ प्रथम पुरस्कार रु १५,०००।मेडल, ट्रफी र प्रमाण पत्र, दोश्रो पुरस्कार रु १०,०००।मेडल, ट्रफी र प्रमाण(पत्र तेश्रो पुरस्कार रु ३,००० मेडल, ट्रफी र प्रमाण(पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।