किराँत राई सांस्कृतिक कलाकार संघ केन्द्रिय कार्य समितिको छौठो राष्ट्रिय सम्मेलन धरानमा सम्पन्न भएको छ । सम्पन्न सम्म्लेनले शालिक सताशक राईको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेकोछ । सम्मेलनबाट ६ बुँदे धरान घोषणा पत्र २०८० समेत पारित भएको छ । धरानमा जेठ १३ गते शुरु भएको सम्मेलनले शालिक सताशकको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ । संघको उपाध्यक्ष रोशन चाम्लिङ राई, शुशिला राई, राई नविन, महासचिवमा पदम थुलुङ, सचिवमा मुकेश राई, सुखकला राई, डि.वि. राई र कोषाध्यक्ष मेनुका राई, सह कोषाध्यक्ष खुसेनिछो चाम्लिङ राई चयन भएका छन् । यस्तै, सदस्यहरु राज के राई, अनुका राई, अर्जुन कुमार राई रहेका छन् । निवार्चित कार्यसमिति र ६ बुँदे धरान घोषणा पत्रबारे पत्रकार जानकारी दिएको छ ।
२०६३ सालमा भएको हो । यस संघले किराती गीत, संगीत, कला, साहित्य, संस्कार-संस्कृति र मुन्धुम जस्ता किरातीपनमा आस्था र विश्वास गर्ने देश विदेशमा रहेका सम्पूर्ण साँस्कृतिक राई कलाकर्मीहरुलाई यस संघमा गोलबद्ध गर्दै यी क्षेत्रहरुको विकास गरी समग्र समाज, राष्ट्र, समुदाय र देशलाई महत्वपूर्ण योगदान पुयाउँदै आएको छ । सम्मेलनबाट ‘किरात इतिहास, संस्कृति र प्राचिन सभ्यताको सम्मान, किरात पहिचानसहित १ नम्बर प्रदेशको नामाङ्कन ।’ भन्ने मुल नाराका साथ विधिवत् रुपमा किरात राई यायोक्खाका केन्द्रीय अध्यक्ष जिवन हाताचो राईद्वारा उद्घाटन गरी यो सम्मेलन दुई दिनसम्म सञ्चालन भएको थियो । सम्मेलनले पारित गरेको ६ बुँदे धरान घोषणा पत्र २०८० समेत सार्वजनिक गरेकोछ ।
६ बुँदे धरान घोषणा पत्र २०८०
१. प्रदेश नं १ लाई किरात प्रदेश नाम स्थापित गर्न विभिन्न प्रकारका
सांस्कृतिक, राजनितिक तथा रचनातमक रुपमा आन्दोलन गर्ने,
२. किरात मौलिक गीत संगित, जीवन व्यवहार पद्धतिको खोज अध्ययन र अनुसन्धान गरी दस्तावेजीकरण गर्दै जाने,
३. किराती समुदायसंग समारिक महत्व राख्ने गढी कोट ऐतिहासिक स्थल, सस्कृति, मुन्धुमी सस्कारहरुलाई विभिन्न माध्यमबाट संरक्षण, सम्बर्द्धन, प्रबर्द्धन र अध्यायन अनुसन्धान गर्दै जाने,
४. किराती सस्कृतिलाई आत्मसाथ गर्दै सस्कृतिलाई सुदृकरण गरी उन्नत संस्कृति निर्माण गर्ने,
५. किराती सस्कृतिको क्षेत्रमा काम गर्ने स्रष्टाहरुको खोज गरी बायोडाटा समेतिएको पुस्तक प्रकाशन गरी प्रोत्सहन गर्दै जाने,
६. किराती सस्कृति, मौलिक बाजा, भेषभूषसंग सम्बन्धित विज्ञबाट विभिन्न जिल्ला कार्य समितिमा अर्न्तक्रिया, प्रशिक्षण सन्चालन गर्ने र गराउने ।