Friday, November 21, 2025
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

चलचित्र ‘ऊनको स्वीटर’को सिक्किमको राजधानी गान्तोकमा भव्य प्रिमियर सम्पन्न

नेपाली सुपरहिट चलचित्र ‘ऊनको स्वीटर’को सिक्किमको राजधानी गान्तोकस्थित पिभिआर आइएनओएक्स, वेस्ट पोइन्ट मलमा भव्य प्रिमियर सम्पन्न भएको छ।

हंगामा खबर by हंगामा खबर
२०८२ मंसिर ५ गते १४:२४ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
चलचित्र ‘ऊनको स्वीटर’को सिक्किमको राजधानी गान्तोकमा भव्य प्रिमियर सम्पन्न
33
SHARES
Share on FacebookShare on Twitter

नेपाली सुपरहिट चलचित्र ‘ऊनको स्वीटर’को सिक्किमको राजधानी गान्तोकस्थित पिभिआर आइएनओएक्स, वेस्ट पोइन्ट मलमा भव्य प्रिमियर सम्पन्न भएको छ। प्रिमियर सिक्किम राज्यका प्रतिष्ठित व्यक्तित्व, कलाकार तथा दर्शकहरूको उत्साहपूर्ण उपस्थिति बीच सम्पन्न भएको हो।प्रिमियरमा पूर्व विधायक तथा मुख्यमन्त्री प्रेम सिंह गोलेकी श्रीमती कृष्णा कुमारी राई प्रमुख अतिथि रहिन्। त्यसै गरी सिक्किम चलचित्र विकास बोर्डका अध्यक्ष टाँसी छिरिङ भुटिया, सिक्किम प्रहरी प्रमुख खेल वर्ण गुरुङ, श्रम विभागका अध्यक्ष प्रेमराज गुरुङ, संस्कृति बोर्डका अध्यक्ष सञ्जय दिलपाली राई, शिक्षा विभागका प्रमुख छोपेल शेर्पा लगायत राज्यका अन्य उच्चपदस्थ अधिकारी तथा कलाकारहरूको उपस्थिति उल्लेखनीय रह्यो। नेपालबाट अभिनेता विपिन कार्की, गायक सुजन चापागाईँ, कलाकार भावना खपांगी मगर, डिओपी चिन्तन राज भण्डारी, सम्पादन कृष्ण भण्डारी, निर्देशक नवीन चौहान तथा निर्माताहरु सहित अन्य टिमको उपस्थिति थियो।

प्रमुख अतिथि राईले चलचित्रप्रति प्रशंसा व्यक्त गरिन्। “एसली प्रोडक्सनले नेपाली भाषीहरूबिचको एकता झल्काउने यस्तो मिठो चलचित्र सिक्किममा ल्याएकोमा धन्यवाद दिन चाहन्छु। भौगोलिक र राजनीतिक रूपमा अलग भए पनि नेपाली भाषीहरूको भावना, संस्कृति, र परम्परा एकै हो भन्ने सन्देशले निकै छोयो। ‘ऊनको स्वीटर–२’ पनि हेर्ने चाहना छ,ू उनले सिक्किम सरकारले नेपाली भाषाका चलचित्रलाई निरन्तर प्रोत्साहन गर्ने उल्लेख गर्दै सिक्किमबाट पनि यस्तै स्तरका फिल्म निर्माण हुने अपेक्षा व्यक्त गरिन्।

निर्देशक नवीन चौहानले सिक्किमेली दर्शकमाझ चलचित्र प्रस्तुत गर्न पाउनु गर्वको कुरो भएको बताए। भारतभरका नेपाली भाषी दर्शकको साथले भविष्यमा अझ धेरै राम्रा नेपाली चलचित्र नियमित रूपमा रिलिज हुने मार्ग खुलेको उनले बताए।

ADVERTISEMENT

प्रिमियरमा उपस्थित दर्शकहरूले सिक्किममा पहिलो पटक यसरी भव्य प्रिमियर हेर्न पाएकोमा खुसी व्यक्त गरे। “नेपालमा यति उत्कृष्ट चलचित्र बन्ने रहेछ भन्ने कल्पना थिएन। भारतमा यसको भविष्य व्यापक देखिन्छ,” एक दर्शकले प्रतिक्रिया दिए। दर्शकहरूले यस्ता स्तरका फिल्महरू नियमित आउने हो भने आफ्नो पहिलो रोजाइ नेपाली चलचित्र नै हुने बताए।

चलचित्र आजदेखि भारतका १४ प्रमुख हलहरूमा प्रदर्शनमा आएको छ। यसमा दार्जिलिङको एसभिएफ सिनेमा, कर्स्याङको फन्टाजी सिनेमा, नाम्ची इम्पेरियल सिनेमा, गान्तोकका डेन्जोङ, वज्र र आईएनओएक्स गान्तोक, तथा सिलिगुडीका सिनेमा सिटी सेन्टर, वेगा सर्कल, एग्रोपोलिस र साउथ सिटी सिनेमाहरू लगायत समावेश छन्। नयाँ दिल्ली, असाम लगायतका स्थानहरूमा भने आगामी हप्ता रिलिज हुने बताइएको छ। बिहीबार शो खुल्ने बित्तिकै टिकट बिक्री उत्साहजनक रूपमा अग्रिम बुकिङसहित सुरु भएको देखिएको थियो।

गायक सुजन चापागाईँ, निर्देशक नवीन चौहान, अभिनेता–अभिनेत्रीसहितको समूहले दार्जिलिङ, सिलिगुडी, गान्तोक, कर्स्याङ र कालिम्पोङका हलहरूमा पुगेर दर्शकसँग प्रत्यक्ष भेटघाट गर्ने कार्यक्रमसमेत तय गरिएको छ।

भारतको वितरक कम्पनी एसली प्रोडक्सनका प्रमुख एवन राईले सिक्किम सरकारले दिएको सहयोगप्रति आभार व्यक्त गरे। उनले भने, “सिक्किम सरकार र स्थानीय समुदायले देखाएको साथले भविष्यमा नेपाली चलचित्रको उपस्थिति भारतभर उल्लेखनीय बनाउन मद्दत गर्नेछ। ‘ऊनको स्वीटर’ हाम्रो पहिलो प्रयास हो, र यसले बलियो सङ्केत दिइसकेको छ।”

यसअघि बुधवार एमजी रोड, गान्तोकमा आयोजित ‘ऊनको स्वीटर साँझ’ कार्यक्रममा हजारौँ दर्शक सहभागी भएका थिए। नेपालबाट आएका कलाकार र सुजन चापागाईँको लाइभ प्रदर्शनले वातावरण रोमाञ्चक बनाएको थियो।

गत वैशाख २६ गते नेपालमा सार्वजनिक भएको ‘ऊनको स्वीटर’ देशभरका करिब ४० सिनेमा हलमा ५१ दिनसम्म प्रदर्शन भई वर्षकै चर्चित मध्ये एक बनेको थियो। नवीन चौहानद्वारा लेखन तथा निर्देशन गरिएको चलचित्रले नेपाली समाजका वास्तविक भाव र बुझाइलाई स्पर्श गर्ने कथा वाचन, सशक्त अभिनय तथा मन छुने सङ्गीतका कारण दर्शक र समीक्षक दुवैबाट प्रशंसा पाएको छ। नेपालमा करिब १२ करोड रुपैयाँ कमाएर वर्षकै सफल मध्ये एक चलचित्र बनेको ‘ऊनको स्वीटर’ भारतमा पनि त्यही लोकप्रियता दोहोर्‍याउने अपेक्षा लिइएको छ।

चलचित्रमा विपिन कार्की, मिरुना मगर, एलेक्स पारस, परीक्षा लिम्बु, विल्सन विक्रम राई, भावना खपांगी मगर र सुनिल पोखरेललगायत कलाकारहरूको प्रभावकारी अभिनय रहेको छ। गीत सुजन चापागाईँले, सङ्गीत निर्देशक कोविद बज्रले, छायाङ्कन चिन्तन राज भण्डारीले , सम्पादन तथा रङ्ग संयोजन कृष्ण भण्डारीले गरेका छन्।

Previous Post

‘मन बिनाको धन’ को दुईहप्ते ग्रस कलेक्सन तीन करोड माथि, दलित आयोगद्धारा धन्यवाद ज्ञापन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

चलचित्र ‘ऊनको स्वीटर’को सिक्किमको राजधानी गान्तोकमा भव्य प्रिमियर सम्पन्न

चलचित्र ‘ऊनको स्वीटर’को सिक्किमको राजधानी गान्तोकमा भव्य प्रिमियर सम्पन्न

by हंगामा खबर
२०८२ मंसिर ५ गते १४:२४ बजे प्रकाशित
0

‘मन बिनाको धन’ को दुईहप्ते ग्रस कलेक्सन तीन करोड माथि, दलित आयोगद्धारा धन्यवाद ज्ञापन

‘मन बिनाको धन’ को दुईहप्ते ग्रस कलेक्सन तीन करोड माथि, दलित आयोगद्धारा धन्यवाद ज्ञापन

by हंगामा खबर
२०८२ मंसिर ४ गते १३:४७ बजे प्रकाशित
0

निर्माता संघले नयाँ कार्यसमिती पायो, समितीमा महिला सदस्य भने शुन्य

निर्माता संघले नयाँ कार्यसमिती पायो, समितीमा महिला सदस्य भने शुन्य

by हंगामा खबर
२०८२ मंसिर २ गते १६:२२ बजे प्रकाशित
0

चलचित्र ‘झरी पछिको ईद्रेणी’ को गीतमा तीन पुस्ते नायिकाको ठुम्का

चलचित्र ‘झरी पछिको ईद्रेणी’ को गीतमा तीन पुस्ते नायिकाको ठुम्का

by हंगामा खबर
२०८२ मंसिर २ गते १५:१२ बजे प्रकाशित
0

विशुद्ध प्रेम कथामा निर्माण भएको चलचित्र ‘कुमारी’ को छायाङ्कन सम्पन्न

विशुद्ध प्रेम कथामा निर्माण भएको चलचित्र ‘कुमारी’ को छायाङ्कन सम्पन्न

by हंगामा खबर
२०८२ कार्तिक ३० गते १५:३२ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist