केही महिना अगाडी प्रदर्शनमा आएको चलचित्र ‘दयारानी’ का निर्देशक तथा चर्चित कलाकार माओत्से गुरुङको लेखन तथा निर्देशनमा ‘पेन्सन पट्टा’ निर्माण हुने भएको छ । सफल अनी जीवन्त अभिनय गर्ने कलाकार गुरुङले यो फिल्मको लागी स्क्रिप्ट तयार गरिसकेको बुझिएको छ । माओत्से गुरुङ फिल्म्सको ब्यानरमा बन्ने चलचित्रमा कोको कलाकारहरु रहने छन भन्ने हाल सम्म सार्वजनिक गरिएको छैन । फिल्मको बारेमा पुरा जानकारी सार्वजनिक नभएपनी ‘पेन्सन पट्टा’ को लागी निर्माणमा डीबी गुरुङको को–प्रोडक्सन रहने पक्का भएको छ ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।