गतहप्ताबाट प्रदर्शनमा आएको चलचित्र ‘गोर्खा वारीयर’ आजबाट दोस्रो हप्तामा प्रबेश गरेकोछ । प्रदर्शनको केहीदिन सन्तोषजनक ब्यापार गरेको ‘गोर्खा वारीयर’ ले शनिबार देखी दर्सकहरुको भरपुर साथ पाएको थियो । बिशेषगरी काठमाण्डौ,पोखरा, धरान , बुटवल र बिर्तमोडमा दर्शकको राम्रो साथ पाएको हो । रिलिज अगाडी बिभिन्न रेकर्ड बनाउदै आएको ‘वारीयर’ ले युकेको लेस्टर स्क्वार सिटी आइम्याक्समा रेडकार्पेट, बाफ्टा फिल्म अवार्डमा सहभागी, ब्रिटिश प्रधानमन्त्रीद्वारा लिखित शुभकामना यि कुराहरुबाट दर्शक हरुको प्रतिक्षा बनेको ‘गोर्खा वारीयर’ ले नेपालमा ३ स्थानमा भव्य रेडकार्पेट गरेको थियो । धरान ,पोखरा र काठमाण्डौ मा भव्य रेडकार्पेट शो गरेको गोर्खा वारीयर फागुन ९ गतेबाट आम दर्शकहरुलाई जिम्मा लगाइेको थियो । ‘गोर्खा वारीयर’ यतिबेला उपत्यका र मोफसलका सिनेमाहल हरुमा उत्साहजन्क प्रदर्शन गरिरहेको छ ।
फिल्मले दर्शकहरुको उत्साहजनक साथ पाए संगै निर्माण टिम देशका बिभिन्न सिनेमाहलहरुमा दर्शकहरु सँग खुशी साटीरहेकाछन । बुधवार फिल्मका निर्देशक मिलन चाम्स पोखरा गए भने नायक रितेश चाम्स धरान आएर दर्शकहरु सँग बसेर फिल्म हेरेका थिए । रितेश धरान आउने भनेसी धरानका दर्शकहरु उत्साहित थिए त्यसैले पनि धरान को ४ ओटै शो हाउस फुल भएका थिए । रितेश सबै शोमा दर्शक सँग थिए । रती ९:३० को शो समेत हाउसफुल भपछी धराने दर्शकहरुको साथ माया देखेर दंग मख्ख थिए । चर्चित निर्देशक मिलन चाम्सले निर्देशन गरेको ‘गोर्खा वारीयर’ मा रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, शिशिर बाङ्देल, कविता आले, रेयर राई, बिरूप घले, सारा राईलगायतका कलाकारको मुख्य अभिनय रहेको छ । फिल्मलाई अन्य ४ भाषामा पनि डबिङ भैसकेको र अब चाडै नै बाहिर प्रदर्शनको तयारी रहेको निर्माण टिमले जानकारी दिएको छ ।