पछील्लो समयको हिट अनी व्यस्त जोडी दयाहाङ राइ र मिरुना मगर आभिनित ‘नाङ्गो गाउ’ चल्नेमा पुर्वका हलवालाहरु ढुक्क देखिएकाछन । सफल चलचित्र कबड्डी ४ , पछी १०० दिन मनाउन सफल जारी मा पनि दर्शकले अत्यधिक मन पराएको जोडी मिरुना र दया नाङ्गो गाउमा तेस्रो संगै देखिन लागेका हुन । यही भाद्र २९ गते बाट रिलिजको तयारी रहेको चलचित्र ‘नाङ्गो गाउ’ निर्माण घोषणा देखिन चर्चामा छ। निर्माण घोषणा संगै कलाकार छनोट अनी वर्कशप देखीनै चर्चा बटुल्दै आएको नाङगो गाउको टिजर र ट्रेलर गीतलाई दर्शकले अत्यधिक रुचाएकाछन । अझ भनौ ‘नाङ्गो गाउ’ पछील्लो दर्शकहरुको पर्खाइको बिषय बनेको छ । ‘नाङगो गाउ’ लाई लिएर यहाँ दर्शक भन्दा धेरै पुर्वका हलवालहरु उत्साहित देखिएकाछन । QFX सिनेमा बिर्तामोडका म्यानेजर केदार बस्नेत भन्छन अबको चल्ने नेपाली फिल्मनै नाङ्गो गाउ हो । हामीले हलमा ट्रेलर बजाइरहदा दर्शकको हुटिङ आउन थालिसक्यो टिकटको बारेमा सोध्न सुरु गरेको बस्नेत बताउछन । जारी मा रुचाएझै दया र मिरुनाको जोडी मनपराउने, नेपाली फिल्म मन पराउनु दर्शक जरुर आउने बस्नेतको दावी छ । सेन्ट्रल प्लाजा बिराटनगरका रमेश भन्छन, बिरातनगरमा हिन्दी फिल्मको दवदवा भएपनी दया र मिरुनाको फिल्म भनेसी हुरुक्कै हुनेहरु धेरैछन । यसैले पनि नाङगो गाउले उनिहरुको फ्यानहरुलाई खुशी दिने पक्का छ ।
बिर्तामोडकै पाथिभरा सिनेप्लाजाका म्यानेजर मिलन श्रेष्ठका अनुसार सिनेमाहलको पेजमा राखिएको ट्रेलरको भ्युज हेर्दा र कमेन्ट हेर्दा जारी लाई उछिन्ने सम्भावना छ। हलमा बजेको ट्रेलरलाई हेरेर दर्शक हरुको राम्रो रेस्पोन्स आउन थालेको श्रेष्ठ बताउछन । दया र् मिरुनाको जोडीलाई दर्शकले रुचाउने र फिल्म चल्नेमा श्रेष्ठ पनि ढुक्क छन । डि म्याक्स सिनेमाका हल म्यानेजर बुद्दी पाण्डे पनि ‘नाङ्गो गाउ’ चल्नेमा ढुक्क छन । उनी भन्छन सिनेमाको प्रचार प्रसार खासै नभएपनी हलमा पोस्टर हेरेर, ट्रेलर हेरेर दर्शकले चासो दिन थालेको बताए । इलाईट सिनेमा इटहरीका म्यानेजर नवराज केसी भन्छन जारी पछी अर्को राम्रो नेपाली फिल्म भनेकै नाङ्गो गाउ हो त्यो हेर्न इटहरीवासी दर्शक आतुर छन । दया र मिरुनाको होडीले ह्याट्रीक गर्नेमा केसी आसावादीछन । फिल्म प्रचार प्रसार गर्न कलाकारहरु पनि हल भिजिट गरे झनै राम्रो हुने उनको भनाइ छ । फ्रेण्ड्स सिनेमा धरानमा पनि हरेक शो हरुमा ट्रेलर बजेको छ , दर्शकहरुको पर्खाइ बनेको म्यानेजर सन्देश घिमिरे बताउछन । उनी भन्छन धरानमा मिरुना र दयाको जोडी भनेसी हुरुक्कै हुन्छन, त्यसैले नाङ्गो गाउ धराने दर्शकहरुले हेर्नेमा ढुक्क छु ।नाङगो गाउको चर्चा बढ्दै गएको ले आफुहरुपनी उत्साहित भएको घिमिरेको भनाइ छ ।
चलचित्र समिक्षक तथा सफल निर्देशक दीपेन्द्र लामाको लेखन र निर्देशनमा निर्माण भएको चलचित्र ‘नांगो गाउँ’मा एक असल शिक्षक राजनीतिमा होमिए संगै आएको उतारचढाव लाई चलचित्रको मुख्य बिषयबस्तु बनाइएको छ । नाङ्गो गाउको बिदेश प्रदर्शनको लागी पनि बिभिन्न देशमा महङ्गो मुल्यमा बिकी सकेको छ् । फिल्ममा अहिलेका हिट जोडीको रुपमा देखिएका दयाहाङ राई र मिरुना मगरको संगै कर्मा शाक्य, साम्राज्ञी राज्य लक्ष्मी शाह, शिशिर वाङ्देल, बुद्धि तामाङ, रवीन्द्र झा लगायतको मुख्य भूमिकामा रहेको छ । हिमाल शर्माको प्रस्तुति रहेको फिल्ममा जय श्रेष्ठले लगानी गरेका हुन्। फिल्मलाई चर्चित छायाकार आलोक शुक्लाले खिचेका हुन ।