नेपाल पत्रकार महासंघ सुनसरी शाखाका अध्यक्ष तथा लेखक पत्रकार जनकऋषि राईको कथा ‘कुमार मामा’ को नाटय रुपान्तरण आज बाट धरानमा मंचन हुँदैछ । धेरै दर्शकले रुचाइएको नाटक ‘इंघक’ का निर्देशक तथा रंगभूमि एकेडेमीका संचालक बिष्णु मोक्त्तानले निर्देशन गर्ने ‘कुमार मामा’ ले राजनीतिबाट पिल्सिएको एउटा पात्रको जीवनको आरोह–अवरोह कथा बोल्ने मोक्त्तानले बताए । कथाको नाट्य रुपान्तरण फागुन १७ गते आजबाट मञ्चन हुँदैछ । नाटकमा निर्देशक मोक्तानसँगै उदय बेघा लिम्बू, सजेस्ट घायल राई, विकास कुलुङ, मानबहादुर राई, दीपेन्द्र राई, एलिना रुम्दाली, करिस्मा छेत्री, एन्जल तामाङ लयागत १५ जना कलाकारहरुले अभिनय गर्ने निर्देशक मोक्त्तानले जानकारी दिए ।
देशको राजनीतिक परिवर्तनपछि हरेक मान्छेका आशा, विश्वास, सपना, जिम्मेवारी, इच्छा, चाहाना र जीवन भोगाइको आरोह अवरोह नाटकमा प्रस्तुत गर्ने निर्देशक मोक्त्तानले बताए । १ घण्टा २० मिनेटको समय रहेको नाटक ‘कुमार मामा’ धरान ८ स्थित सभागृहमा हरेक दिन ४ बजे देखी मञ्चन हुनेछ । टिकटदर भने बिधार्थीको लागी रु ३०० र अन्य रु ५०० राखिएकोछ ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।