गत मंगलबार जेनजीको नाममा अराजक समूहले धरान स्थिति भाटभटेनी सुपरमार्केटमा राती ८ बजे लुटपाट गरी लगाएको आगो शुक्रबार नियन्त्रणमा आएको छ । आगो नियन्त्रणमा आएसंगै शुक्रबार नेपाली सेनाको सुरक्षा घेरामा स्थानिय धरान १० का वडाध्यक्ष विवेक राई र सुरक्षाकर्मीहरुको टोलीले खोजी गर्दा दोस्रो तलामा एउटा मृत शरिर जलेर टाउकोको कंकाल र चौथो तलामा तीनजनाको एकैठाउँमा कंकाल भेटिएको थियो । भेटिएका मध्ये एक जनाको दाँत, बङ्गारा सहित खप्परको अवशेष दोस्रो तलामा भेटिएको प्रहरीले जनाएको छ ।

आगोले शव जलेर शरीरको आकारमा खरानी भेटिएको थियो भने खप्पर, दात एवम् हड्डीको केही अवशेष मात्रै थियो । उक्त अवशेषलाई प्रहरीले मुचुल्का उठाएर पोष्टमार्टम गर्न लगेको छ । अन्य शवको खोजी कार्य पुनः गर्ने सुरक्षा निकायले जनाएको छ । आगालागिमा आफ्ना छोराहरू फसेको हुनसक्ने भन्दै ४ जनाका अभिभावक खोज्दै आएपछि भाटभटेनी तोडफोड र लुटपाट गर्नेहरू मध्ये ४ जना भवन भित्रै फसेको आशङ्का गरिएको थियो ।
भाटभटेनीका सुरक्षा गार्ड युवराज राईले उनीहरूले छोराहरू मङ्गलवार साँझ देखी घर नआएकाले भिडमा सँगसँगै भाटभटेनीमा आएको हुनसक्ने बताएका थिए । मङ्गलवार साँझ ५ बजे नै भाटभटेनी बन्द गरिएको गार्ड राईले जानकारी दिए ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।