यहि श्रावण २३ गतेबाट प्रदर्शनमा आउन लागेको पल शाह र निति शाह अभिनित चलचित्र “मोहर” को ट्रेलर सार्वजनिक भएको छ । पुराना अनुभवी लेखक ओम प्रतिकको लेखन तथा निर्देशन रहेको “मोहर” को गीत र टिजर निकै चर्चामा रहेको छ । गीत र टिजर दर्शकहरुले मन पराएपछि चलचित्र प्रतिक्षित बन्दै आएको छ । ट्रेलरमा अभिनेता पल शाह एक इमानदार र निडर युवकको भूमिकामा देखिएका छन्, जो अन्यायविरुद्धको लडाइँमा अग्रपंक्तिमा देखिन्छन् । निति शाहको रूप नयाँ र सशक्त छ, जसले प्रेमिकाको भूमिकासँगै कथावाचनमा रोचकता थपेको छ ।
रिलिज भएको ट्रेलरमा पल र निती बाहेक बेनिशा हमाल र कलाकार अर्जुन जंग शाहीलाई पनि स्थान दिएको छ ।फिल्म मेकर्स प्रा।लिको व्यानरमा निर्माण गरिएको सिनेमामा मिथिला शर्मा, रविन्द्र झा, लक्ष्मी गिरी, मिस पबी, सुशिल देवकोटा, लक्ष्मीनाथ तिमिल्सिना, सिद्धार्थ सिंह, माधव दत्त पण्डित, गीता थापा, नविन खतिवडा, अर्जुन आचार्य र बाल कलाकार सारा शर्माको मुख्य भूमिका छ ।ओम प्रतिकको लेखन तथा निर्देशन रहेको सिनेमामा चुम्बन जंग शाहीको लगानी छ ।
गिरिराज घिमिरे मुख्य सहायक निर्देशक रहेको सिनेमामा दीपेन बस्न्यातको डीओपी, भूपेन्द्र अधिकारीको सम्पादन, रेनिश फागोको कलर, सुरेश अधिकारी, थानेश्वर गौतम र एसडी योगीको संगीत छ ।एउटी बालीकालाई देउकी चढाउने बिषयबाट उठान भएको ट्रेलरबाट यो सिनेमाले एक्सन, प्रेम र बदलाको भावना मिश्रण गर्दै दर्शकको ध्यान खिच्ने प्रयास गरेको छ । चलचित्र यहि श्रावण २३ गतेबाट प्रदर्शनमा आउन लागेको छ ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।