(याडिकल लाइट नेपाल प्रा.लि., धरानद्वारा आयोजना गरिएको कोशी प्रदेशस्तरीय एस।ई।ई। स्पिकर–२०८१, सिजन–५ का विजेताहरू तथा उपशीर्षक उपाधि प्राप्त प्रतिभाशाली विद्यार्थीहरूलाई आइतबार एक विशेष कार्यक्रमबीच पुरस्कार वितरण गरिएको छ।
धरान–१० स्थित सुमेधा एजुकेसन नेटवर्क प्रा।लि।को सभाहलमा आयोजित कार्यक्रममा प्रतियोगिताको उपाधि विजेता झापा होली बेल इङ्लिस सेकेन्डरी स्कुलका आविष्कार राउतलाई नगद ५५ हजार रुपैयाँ प्रदान गरिएको छ। फर्स्ट रनर अप बनेकी पब्लिक हाईस्कुलकी जिज्ञासा भट्टराईलाई २५ हजार रुपैयाँ प्रदान गरिएको छ। सेकेन्ड रनर अप बनेका ब्लुम नेपाल स्कुल, इटहरीका शुभम पोख्रेललाई १० हजार रुपैयाँ र थर्ड रनर अप बनेकी जेम सेकेन्डरी स्कुलकी सन्जिना राईलाई ५ हजार रुपैयाँ प्रदान गरिएको छ।

कार्यक्रममा विभिन्न उपशीर्षक अन्तर्गत उत्कृष्ट प्रदर्शन गर्ने प्रतिभाहरूलाई समेत प्रोत्साहनस्वरूप नगद पुरस्कार प्रदान गरिएको छ। पब्लिक चोइस अवार्ड जितेकी शिक्षादीप एकेडेमी, इटहरीकी समीक्षा पौडेललाई ३ हजार रुपैयाँ प्रदान गरिएको हो।त्यस्तै, मस्ट इन्स्पिरेसनल स्पिकर उपाधि होमिता पोख्रेल (बेबिलोन इङ्लिस सेकेन्डरी स्कुल), मस्ट कन्फिडेन्ट स्पिकर निशान विश्वकर्मा (एभरेस्ट चिल्ड्रेन बोर्डिङ, पानमारा),

मस्ट ट्यालेन्टेड स्पिकर आयुषा पौडेल (पब्लिक हाईस्कुल), बेस्ट आर्टिकुलेटर नाबिया सरखाना (सुनाखरी एकेडेमी, धरान), बेस्ट इमर्जिङ स्पिकर रोशनी नेपाल (डिपोट सेकेन्डरी स्कुल), मस्ट इन्फर्मेटिभ स्पिकर प्रतीक्षा तामाङ (भानु स्मृति मा।वि।, धरान), मस्ट क्रिएटिभ स्पिकर सृष्टिका राई ९लोटस इङ्लिस बोर्डिङ स्कुल), मस्ट पर्सुएसिभ स्पिकर तपस्या भण्डारी (के.के.इन्टरनेसनल स्कुल), बेस्ट थिमेटिक स्पिकर दिविका राई (हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल) र मस्ट कोअपरेटिभ स्पिकर साक्षी मिश्र (पब्लिक हाईस्कुल) लाई क्रमशः १र१ हजार रुपैयाँ नगद प्रदान गरिएको हो।
विजेताहरूलाई धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्र विक्रम बेघा, इलाका प्रहरी कार्यालय धरानका डिएसपी प्रकाश जबेगु, सुमेधा एजुकेसन नेटवर्क प्रा.लि.का सिईओ सुरेन्द्र घिमिरे र जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीका प्रमुख बिरेन्द्र सिंह थापाले संयुक्त रूपमा पुरस्कार वितरण गरेका थिए।
एस..ई. दिएर बसेका विद्यार्थीहरूलाई वाककला, नेतृत्व र सार्वजनिक प्रस्तुति क्षमताको अभिवृद्धि गराउँदै उनीहरूको खाली समयलाई सिर्जनात्मक ढंगले सदुपयोग गर्न सकियोस् भन्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिता सफल रूपमा सम्पन्न भएको आयोजक संस्था (याडिकल लाइट नेपालका अध्यक्ष तिर्थ कार्कीले जानकारी दिएका छन्। उनले कार्यक्रम सफल पार्न सहयोग पुर्याउने सबैलाई धन्यवाद व्यक्त गरे।कार्यक्रममा सुमेधा एजुकेसन नेटवर्क प्रा।लि।का सिईओ सुरेन्द्र घिमिरे, जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीका प्रमुख बिरेन्द्र सिंह थापा र धरान वडा नं। ३ का वडा सदस्य मिङ मा भोटेको उपस्थिति रहेको थियो






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।