बर्ष २०८१ को प्रतिक्षित फिल्महरुको लिस्टमा परेको सामाजिक कथानक चलचित्र ‘सतिदेवी’ को ट्रेलर रिलिज भएको छ । विहीबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच महिला सशक्तीकरणको सन्देश दिने सामाजिक कथावस्तुमा निर्माण भएको सिनेमाको ट्रेलर सार्वजनिक गरिएको हो । चर्चित मोडल तथा नायिका मलिका महतको मुख्य भूमिका रहेको ‘सतिदेवी’ को ट्रेलरमा महतको उत्कृष्ट काम देखिएको छ । पोस्टर रिलिज भएदेखिनै चर्चामा रहेको सतिदेवीको दोस्रो पोस्टर सार्वजनिक भएपछी दर्शकहरुमा झनै खुल्दुली जगाइरहेको थियो भने ट्रेलर रिलिज भएपछी दर्शकहरुको प्रतिक्षित बन्न सक्छ । अहिले सम्म नेपाली समाजमा जिवितै रहेको छोरा हुनै पर्ने प्रचलन र छोरी छोरी हुँदा एक आमाले अनी जन्मिएका छोरीहरुले भोग्नु परेको पिडालाई निर्देशक तथा लेखक लक्ष्मण सुवेदीले फिल्ममा गज्जवले प्रस्तुत गरेको ट्रेलर हेरेर सजिलै अनुमान लगाउन सकिन्छ । छोरी लाई हेला गरेको र कालन्तरमा त्यही छोरी बुवाको साहारा बन्दाको कथा लाई निर्देशक सुवेदीले पर्दामा खुबै मजाले प्रस्तुत गरेको देखिन्छ । रिलिज ट्रेलरमा छोरीमाथी गरिएको भेदभावलाई उठान गरिएको छ भने आफ्नो परिवार बिशेषगरी बुवाको खुशीको लागी संर्घषरत छोरी मलिकालाई घाटीमा जुत्ताको माला,अनुहारमा कालो मोसो दलिएको छ, यसले, आम दर्शकहरुलाई चकित बनाएको छ अझ भनौ फिल्मको प्रतिक्षा जगाएको छ ।

ट्रेलर सार्वजनिक कार्यक्रममा निर्देशक सुवेदीले आफूले समाजमा देखेको र भोगेको कथावस्तुलाई सिनेमामा उठाएको बताए । समाजको परिवर्तनमा यो सिनेमाले ठुलो भुमिका खेल्ने विश्वास उनको छ । अभिनेत्री महतले छायांकन अनुभव सुनाएकी थिइन् । समग्रमा यो बाबुछोरीबीचको सम्बन्धको कथा हो,’ उनले भनिन्, ‘छोरा पाउने चाहनामा छोरी जन्माउने र अपहेलना गर्ने प्रवृत्तिको कथा सिनेमाले उठाएको छ ।’चलचित्रमा मलिका महतसँगै हर्षिका वली, मञ्जिला बानियाँ(बाल कलाकार), सन्दीप बाबु लोहनी, रमेश बुढाथोकी, कुलदीप अधिकारी, भोला सापकोटा, सृजना अधिकारी, सुजिता सिवाकोटी, सन्देश लिम्बु, मनिषा सापकोटा, जयन्त रेग्मी, बिमल श्रेष्ठ, देव महर्जन, तुलसी श्रेष्ठ, इभेन जोशी, इश्वरी सिंह, पवन केसी र जगदिश अधिकारीको अभिनय छ ।बाबु श्रेष्ठको छायांकन रहेको चलचित्रमा तारा थापा ‘किम्भे’को सम्पादन, दीपक शर्मा र सुवास थापाको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, देव महर्जनको एक्सन छ । दिलासा, सारा र श्रीदेवी सुवेदीको लगानीमा बनेको चलचित्रमा लेखन पनि निर्देशक सुवेदीको नै छ । चलचित्र यही भदौ ७ गतेबाट प्रदर्शनमा आउँदैछ ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।