यही फागुन २५ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘उपहार’ को चौथो गीत कहिले बार बिर्सिन्छु बोलको गीत सार्वजनिक भएको छ । पहिले का सिनेमामा जस्तो कथाले मागे अनुसार गीत समावेश गर्ने प्रचलन झै ‘उपहार’ मा पनि ४ वटा गीत समाबेश गरिएको छ । सुरुमा डान्सिङ बिटको वा वा बोलको , त्यसपछी केही रोमान्टिक, अनी फिल्मको लास्ट सिनमा समेटिने मार्मिक उपहार भो , र हाल अर्को डान्सिङ बिटको गीत कहिले बार बिर्सन्छु गीत रिलिज भएको छ । आज रिलिज भएको गीतमा कुनै समय छोटो पहिरन लगाएर अधिक चर्चा पएकी नायिका रेखा थापाले गीतमा पुन छोटो पहिरन लगाएर कामब्याक गरेकिछिन । हुन त रिलिज गीतमा सबै छोटो पहिरन अनी निकै हट लाग्ने पहिरन लगाएका छन तर रेखाले भने पछील्लो समय छोटो पहिरन लगाउन छोडिसकेकी थिइन । रिलिज गीतमा ईन्द्र अधिकारी को शब्द, अर्जुन पोखरेले को संगीत,अन्जु पन्त र साइराज खातीको आवाज रहेको छ भने गीतमा ‘उपहार’ का सबै कलाकारहरु फिचर्ड छन । गीतमा कबिराज गहतराजको कोरियोग्राफी छ ।गीत आज ओएसआर डिजिटलको अफिसियल युट्युब च्यानलबाट रिलिज गरिएको हो ।
सुलक्षण भारतीको कथा, भारतीका साथै अभिमन्यू निरवी र माधव शर्माको पटकथा तथा संवाद र ज्ञानेन्द्र देउजाको निर्देशन रहेको फिल्मका कार्यकारी निर्माता अभिनेत्री थापाका श्रीमान् बलराम शाही ठकुरी छन । भने फिल्मलाई सुलभ प्रतिक र समीक्षा देउजाले निर्माण गरेकाछन । रेखा फिल्मस् र कपनगढी फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमामा विष्णु कल्पित घिमिरेको छायांकन, अर्जुन पोखरेल र बाबुल गिरीको संगीत, मित्र डि गुरुङको सम्पादन, अनुपम गौतमको भीएफएक्स र रोशन श्रेष्ठको द्वन्द्व निर्देशन छ । करण श्रेष्ठको रिच इनटरटेनमेन्टले काठमाडौं र एफडी कम्पनीले मोफसलमा वितरण गर्ने छन । यही फागुन २५ गतेबाट देशव्यापी प्रदर्शनमा आउने ’उपहार’ ले जर्नी अफ लाइफ हरेक दर्शकहरुको सुन्दर उपहार बनेको निर्देशक देउजाको दावी छ ।