Friday, May 1, 2026
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

मन्दिर र सामुदायिक भवनकाे याेजना काटेर निःशुल्क उपचार – मुख्यमन्त्री कार्की

मन्दिर र सामुदायिक भवनकाे याेजना काटेर १० वर्षमुनिका बालबालिकाकाे निःशुल्क उपचार गर्नु अपराध हाे भन्दै प्रश्न गरेका छन् ।

हंगामा खबर by हंगामा खबर
२०८० माघ २० गते १७:४२ बजे प्रकाशित
in FEATURE, स्थानीय समाचार
0
मन्दिर र सामुदायिक भवनकाे याेजना काटेर निःशुल्क उपचार – मुख्यमन्त्री कार्की
48
SHARES
Share on FacebookShare on Twitter

मुख्यमन्त्री केदार कार्कीले साना सडक, मन्दिर र सामुदायिक भवनकाे याेजना काटेर १० वर्षमुनिका बालबालिकाकाे निःशुल्क उपचार गर्नु अपराध हाे भन्दै प्रश्न गरेका छन् ।झापाकाे शिवसताक्षी गाउँपालिका ३ पाराबारीमा मुख्यमन्त्रीसँग याेजना र विकाससम्वन्धी जनता संवाद कार्यक्रममा उनले मुख्यमन्त्रीसम्म वडामात्रै नभई टाेलटाेल र घरघरका सदस्यहरूकाे समेत पहुँच हुनुपर्ने मान्यताका साथ जनतासँगकाे संवाद कार्यक्रममा प्राथमिकताका साथ उपस्थित भएकाे बताएका हुन् । ´यसअघि प्रदेश सरकारका एक मन्त्रीले सेकुवा हाउसकाे उद्घाटन गरेकाे भन्दै आलाेचना भइरहेकाे हेर्दा अचम्म लागेकाे छ,` उनले भने, ´सेकुवा हाउस सञ्चालनले स्थानीयस्तरमा आर्थिक गतिविधि, राेजगारी सृजनाका साथै आय आर्जन वृधि हुने कामलाई प्रदेश सरकारले प्राेत्साहन गर्नु अपराध हाे ? प्रदेश सरकारले प्रदेशवासीले गर्ने हरेक राेजगारी र आय आर्जन हुने कामकाे प्राेत्साहन गर्छ ।`

लाेककल्याणकारी प्रदेश निर्माणका लागि भाैतिक विकासलाई भन्दा मानवीय विकासलाई प्राथमिकतामा राखेर प्रदेश सरकारले काम अघि बढाएकाे मुख्यमन्त्री कार्कीले बताएका हुन् । ´प्रदेशभरिका गाउँ र टाेलका मन्दर, सामुदायिक भवन, साना सडकलगायतका २५ लाखमुनिका याेजना काटेर १० वर्षमुनिका बालबालिकाकाे निःशुल्क उपचार, शैलजाल आचार्य हृदयराेग केन्द्र विराटनगरकाे सञ्चालन जस्ता काम गरेकाे छु,` उनले भने, ´आर्थिक अभावमा उच्चशिक्षा चिकित्सक, इञ्जिनियर, वकिल, विज्ञान, व्यवस्थापन र प्रत्येक पालिकाका एक जनालाई पशु र एक जनालाई कृषि प्राविधिक अध्ययनका लागि छात्रवृतिकाे व्यवस्था गरेकाे छु, के त्याे अपराध भयाे ? यदी अपराध भयाे भने हाेस् । विपन्न गरिवकाे पनि प्रदेश हाे भन्ने स्थापित गराउँछु ।` आफ्ना बालबालिकालाई भाेकै छाडेर समुदायभरिका छाेराछाेरीलाई खाेप खुवाउनुका साथै स्वास्थ्य सेवा दिने महिला स्वास्थ्य स्वयम् सेविकालाई सम्मान तथा प्राेत्साहन, ऋण लिएर जग्गा खरिद गर्ने सुकुम्वासीलाई ब्याज अनुदान जस्ता कार्यक्रम हुनेखाने वर्गलाई लक्षित याेजना काटेर ल्याएकाे मुख्यमन्त्री कार्कीले बताएका हुन् ।

ADVERTISEMENT

मुख्यमन्त्री कार्कीले भाकल पाथिभारा, बराह क्षेत्र, हलेसीमा गर्ने, वृद्ध बुवाआमालाई भारतकाे विभिन्न धार्मिक स्थलकाे दर्शनका लागि लग्ने तर आगनकाे जुठेल्नामा मन्दिर बनाउने बजेटमा ल्याएइकाे याेजना काटेर हलेसी, पाथिभरा र बराह क्षेत्रका लागि विनियाेजन गरेकाे बताएका थिए ।उक्त संवाद कार्यक्रममा प्रदेश सांसद राधाकृष्ण खनाल, शिवसताक्षी वडा ३ का वडा अध्यक्ष भास्कर न्याैपानेलगायतका स्थानीय नेता, कार्यकर्ता तथा स्थानीयवासीले प्रदेश सरकारले साना याेजना कटाैति गरेकाे भन्दै गुनासाे पाेखेका थिए । उक्त कार्यक्रममा स्थानीयवासीले आ-आफ्ना टाेल, समुदायमालआवश्यक याेजनाहरूसमेत मुख्यमन्त्री कार्कीलाई लिखित रूपमा बुझाएका थिए ।उक्त कार्यक्रमकाे अवसरमा स्थानीय ६ जना महिला स्वास्थ्य स्वयम् सेविकालाई साइकल वितरणका साथै वडा कार्यालयले सञ्चालन गरेकाे सिलाई, कटाई तालिमकाे समेत मुख्यमन्त्री कार्कीले अबलाेकन गरेका थिए ।

Previous Post

सङ्खुवासभाकाे खाँदबारी – किमाथाङ्का सडक सुक्खा पहिरोमा परी एकजना घाइते

Next Post

लिम्बु संस्कृतिमा आधारित सर्टमुभी ‘कुमाक्ला फाक’ को फर्स्ट लुक्स सार्वजनिक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

चलचित्र ‘लालीबजार’ सिर्जना कसरी भयो ? के भन्छन कलाकारहरु ?

चलचित्र ‘लालीबजार’ सिर्जना कसरी भयो ? के भन्छन कलाकारहरु ?

by हंगामा खबर
२०८३ बैशाख १४ गते १२:४८ बजे प्रकाशित
0

खेम सेन्चुरी पछि चलचित्र ‘लाली बजार’ को गीतमा प्रकाश सपुत पनि जोडिए

खेम सेन्चुरी पछि चलचित्र ‘लाली बजार’ को गीतमा प्रकाश सपुत पनि जोडिए

by हंगामा खबर
२०८३ बैशाख १२ गते १८:०९ बजे प्रकाशित
0

‘मालती मंगले’ टिमद्धारा चलचित्र पत्रकार संघ नेपाल सुनसरीको कार्यलय उद्धघाटन

‘मालती मंगले’ टिमद्धारा चलचित्र पत्रकार संघ नेपाल सुनसरीको कार्यलय उद्धघाटन

by हंगामा खबर
२०८३ बैशाख १० गते १३:४९ बजे प्रकाशित
0

डार्क कमेडी चलचित्र ‘जिरो डिग्री’को छायांकन सम्पन्न, विजय बराललाई फरक अवतारमा देखाउदै

डार्क कमेडी चलचित्र ‘जिरो डिग्री’को छायांकन सम्पन्न, विजय बराललाई फरक अवतारमा देखाउदै

by हंगामा खबर
२०८३ बैशाख ९ गते ०९:२९ बजे प्रकाशित
0

चलचित्र ‘मालती मंगले’ को टिम इटहरीमा आउदै, रामकृष्ण ढकालले प्रस्तुती दिने

चलचित्र ‘मालती मंगले’ को टिम इटहरीमा आउदै, रामकृष्ण ढकालले प्रस्तुती दिने

by हंगामा खबर
२०८३ बैशाख ८ गते १५:४५ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद विश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

 

 

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist