भर्खरै भारतमा सम्पन्न १४ औ साफ च्याम्पियनशिपमा नेपाललाई फेयर प्ले अवार्ड प्राप्त भएको छ । १३ औ संस्करण उपबिजेता बनेको नेपाल यसपटक भने क्वालिफाइर राउण्डमा बाहिरिएको नेपालले १४ औ संस्करणमा भने फेयर प्ले अवार्ड मात्र हात पारेकोछ । नेपालको रास्ट्रीय टिम स्वदेश फर्की सकेको कारण उक्त्त अवार्ड फाइनल खेलका प्रमुख रेफ्री प्रज्वल क्षेत्रीले ग्रहण गरेका थिए । मंगलबार भारतको बङलोरमा सम्पन्न फाइनल खेलमा भारतले नवौ पटक साफ च्याम्पियनशिप को उपाधी जितेको छ । साफ च्याम्पियनसिपको समूह चरणबाटै बाहिरिए पनि नेपालले प्रतियोगिताभर अनुकरणीय खेलकुद र निष्पक्ष खेल प्रदर्शन गर्यो। नेपालले कुवेत र भारतसँग हार बेहोरेको बेला पाकिस्तानविरुद्ध पनि आफ्नो दृढ संकल्प र प्रतिस्पर्धात्मक भावना देखाउँदै विजय हासिल गरेको थियो ।

फाइनल खेलमा कुवेतलाई ट्राइबेकरमा हराउदै च्याम्पियन बनेको हो ।बेंगलुरुको कान्तेराभा स्टेडियममा भएको फाइनलको १२० मिनेटमा १-१ मा सकिएपछि उनले कुवेतलाई पेनाल्टीमा ५-४ ले हराएको हो । कुवेतका कप्तानको प्रहारलाई भारतका गोलकिपर गुरप्रीत सिंह सन्धुले बायाँ तर्फ डुबुल्की मारेर एक-हात सेभ निकाले जसले भारतलाई साफ च्याम्पियनसिप २०२३ को उपाधि जित्न मद्दत गरेको थियो । यो भारतको नवौं SAFF च्याम्पियनसिप हो उसले इन्टरकन्टिनेन्टल कपमा विजयी भएको हप्ता पछि दोस्रो अन्तर्राष्ट्रिय ट्रफी जितेको छ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।