जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष तथा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार अशोक कुमार राईले
नेकपा एमाले) को नेतृत्वमा जसपा लगायत राष्ट्रवादी शक्तिहरुको संघीय र प्रादेशिक सरकार अपरिहार्य रहेको बताएकाछन । शुक्रबार प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको लागि नेकपा एमाले र जसपाको संयुक्त निर्वाचन परिचालन कमिटिको आयोजनामा भएको नेकपा एमाले र जनता समाजवादी पार्टीले धरानमा साझा उम्मेदवार घोषणा कार्यक्रमको पत्रकार सम्मेलनमा बोल्दै राईले यस्तो बताएकाहुन । सुनसरी क्षेत्र नम्बर एक मा तपाईंको उम्मेदवारी किन भन्ने पत्रकारको प्रश्नमा राईले यस्तो बताएकाहुन् । नेकपा एमालेका अध्यक्ष कमरेड केपि ओलिको नेतृत्वमा जनता समाजवादी पार्टी(जसपा) सहितको सरकारले अघि सारेको “समृद्ध नेपाल, सुखी नेपाली” को राष्ट्रिय आकांक्षा, राष्ट्रियता सम्बन्धी स्पष्ट अडानहरु, असंलग्न र सन्तुलित परराष्ट्र निति, पूर्वाधार, कृषि, जलश्रोत, उर्जा, पर्यटन, उद्योग, सिंचाइ, रोजगारी सृजना, विज्ञान, प्रविधिको विकास, सुचना प्रविधि, कोभिङ १९ को महामारी नियन्त्रण, रोकथाम तथा उपचार एवंम खोपको प्रवन्ध, भारतद्वारा अतिक्रमित भूभाग समेटेर जारी गरिएको नेपालको नयाँ नक्सा लगायत विभिन्न महत्वपूर्ण क्षेत्रगत विकासका निम्ति साझा रणनीतिक कार्यहरु नेकपा एमाले र जसपा बिचको सहकार्यमा सम्पन्न भएको दावी गर्दै एमाले सङ्ग सहकार्य गरेको जिकिर गरे ।

तपाईंलाई त टुरिस्ट उम्मेदवार भन्छन नि भन्ने जिज्ञासामा उनले नेकपा एमालेको सांसद जय कुमार राईको योजनामा आफ्नो सिफारिसमा यो क्षेत्रमा धेरै योजना सम्पन्न गरेको र यो क्षेत्रको लागी राजाधानीमा बसेर पनि योगदान गरेको बताए । चार दलीय गठबन्धन नेतृत्वको वर्तमान सरकारले “समृद्ध नेपाल, सुखी नेपाली” कार्यान्वयनका निम्ति अघि सारीएका नेकपा(एमाले) नेतृत्वमा जसपा सम्मिलित अघिल्लो सरकारका लोकप्रिय तथा महत्वपूर्ण आयोजनाहरु अलपत्र पारीएको, मुलुकमा ठूलो आर्थिक विश्रृंखलता उत्पन्न हुने परिस्थिति निर्माण गरेको, असन्तुलित परराष्ट्र नितिका कारण मुलुकको कुशल नेतृत्व गर्न वर्तमान गठबन्धन सरकार असफल रहेको राईको आरोप थियो । विकासलाई राष्ट्रिय प्राथमिकतामा समावेश गरि सुनसरी क्षेत्र नम्बर १ को समृद्धिका निम्ति प्रतिनिधि सभा सदस्य निर्वाचनमा छाता चुनाव चिन्हमा अशोक कुमार राईलाई, प्रदेश १/१) मा क. रमेशकुमार बस्नेत र १(२) मा क विजय कुमार राईलाई सुर्य चिन्हमा उम्मेदवार घोषणा गरेकोछ ।







सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।