Thursday, April 16, 2026
HangamaKhabar
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

जेबी टुहुरेलाई नजिकबाट चिनाउने प्रयासमा छोरी निर्भिका

हंगामा खबर by हंगामा खबर
२०७९ पुस ५ गते ०९:१७ बजे प्रकाशित
in FEATURE, समाचार
0
जेबी टुहुरेलाई नजिकबाट चिनाउने प्रयासमा छोरी निर्भिका
118
SHARES
Share on FacebookShare on Twitter

 

गीत-संगीतले हरेक अवस्थामा साथ दिन्छ दु:खमा सुखमा खुशीमा एक्लो पनमा हरेक अवस्थामा । विश्वमा आएको परिवर्तनमा संगीतको महत्वपूर्ण भूमिका छ । अझ भनौ गीत-संगीत क्रान्तीको अर्को प्रारुप हो यस्ले परिवर्तनमा ठुलो भूमिका खेल्छ । यस्तै नेपालको राजनीतिक व्यवस्था परिवर्तनमा महत्वपूर्ण भूमिका संगीतले खेलेकोछ । पछील्लो समय नेपालको लोकतान्त्रिक आन्दोलनलाई माथि उठाउन गीत-संगीतको निकै ठुलो योगदान रह्यो । यही महत्वपूर्ण योगदान गर्ने गायक स्वर्गिय जुठबहादुर खड्गी (जेबी टुहुरे) ले गीत-संगीतको माध्यमबाट पुर्याएको योगदान जती चर्चा गरेपनी कमै हुन्छ । टुहुरेले गाएका ‘आमा दिदी बैनी हो’, ‘बसाइँ हिंड्नेको ताँतीले’ लगायतका दर्जनौं प्रगतिशील गीतले तत्कालीन शासकविरुद्ध जनतामा जागरण पैदा गर्‍यो । बि स २००१ कात्तिक १५ गते धरानमा जन्मिएका जनवादी गायक जुठबहादुर खड्गी (जेबी टुहुरे) ७८ वर्षको उमेरमा निधन भयो । काठमाडौंको बयोधा अस्पतालमा उपचारको क्रममा उनको १० भदौ २०७८ मा निधन भएको थियो ।

                                        स्व जेबी टुहुरेको फोटो अंकित टि सर्ट सार्वजनीक गर्नु हुँदै एमाले अध्यक्ष केपी ओली

जिउदो रहदा जतीले मानिसहरुले चिन्नु पर्थ्यो सायदै कम भयो । गीत-संगीत मार्फत राजनीतिक व्यवस्था परिवर्तन गर्न टुहुरेले गरेको योगदानको चर्चा यती बेला सुरु हुँदैछ अहिले टुहुरे भौतिक रुपमा छैनन । उनी हामी माझ भौतीक रुपमा नभए पनि उनको योगदान र सपना अझै जिवित छन । हरेक अभिभावकले आफ्नो छोराछोरीको उज्वल भविष्य र सपना बोकेका हुन्छन । आफ्ना छोरा छोरीको सपना पुरा गर्न अभिभावकले अथक मेहनत र प्रयास गरेकै हुन्छ गरिरहेकै हुन्छन । सके सम्म जीवनको अन्त्य सम्म एक अभिभावकले संघर्ष गरिरहेकै हुन्छन आफ्ना सन्तानको लागी संघर्ष गर्नु एक अभिभावकको कर्तव्य पनि हो । तर यहाँ एक अभिभावकले देखेको सपना पुरा गर्न एक सन्तान संघर्षरत छिन।

ADVERTISEMENT

                                                                          छोरी निर्भिका बुवा जेबी टुहुरेका साथ

टुहुरेकी छोरी निर्भिका टुहुरे यतीबेला आफ्ना बाबा जेबी टुहुरेको अधुरा सपना पुर गर्न कम्मर कसेर लागेकिछिन । संगीत विश्वविद्यालय र एकेडेमी खोल्ने, गरिबहरूलाई निःशुल्क गीत संगीत सिकाउने, टीभी, एफएम चलाउने र रोजगारी दिने ,योजना र सपनाहरू जेबीको सपना हो ,तिनै अधुरा सपना पूरा गर्न अहिले सक्रिय रुपमा लागिरहेकी छिन उनकी छोरी निर्भिका टुहुरे । संगीत प्रतिष्ठान खोल्न पाए गरिबहरूलाई निःशुल्क गीत संगीत सिकाउन हुन्थ्यो,’ निर्भिकाले विगत सम्झिइन्, ‘नेपालमा संगीत विश्वविद्यालय स्थापना हुनुपर्छ पनि भन्नुभएको थियो । अहिले म बुवाका तिनै सपना साकार पार्ने प्रयासमा क्रियाशील छु ।’

                                                             डकुमेन्ट्री निर्माणका क्रममा निर्भिका टुहुरे

निर्भिकाले जेबी टुहुरे प्रतिष्ठान गठन गरेर त्यसैमार्फत गतिविधि अगाडि बढाएकी छन् । त्यसको अध्यक्ष उनी आफैं छिन् । प्रतिष्ठानकै नामबाट बुवाका अधुरा सपना पूरा गर्ने प्रयासमा छिन् उनी । तर काम गर्न सजिलो कहाँ छ र ? सबै कुरा पैसामै ठोकिन्छ, जुन जुटाउन गाह्रो छ । अभावले निर्भिकालाई कहिलेकाहीं उदास पनि बनाउँछ । भन्छिन्, ‘मलाई अचम्म लाग्छ जसले देश र जनताका लागि त्याग गर्‍यो, उसैको सपना पूरा गर्न कति गाह्रो ।’तर नाम जस्तै स्वभाव छ निर्भिकाको । उनी यस्ता व्यवधान छिचोल्दै निर्भिक रूपमा आफ्नो उद्देश्यमा डटिरहेकी छिन् । जेबी टुहुरे सर्वसाधारण नागरिकको मुक्ति र समृद्धिको सपनासँग जोडिएको नाम हो । उनले नेपालको वामपन्थी र प्रगतिशील राजनीतिक अभियानमा पुर्‍याएको योगदान अविस्मरणीय छ ।

                                                             स्व जेबी टुहुरे साङ्गेतिक प्रस्तुती दिदै

आफ्नो पिताको यही फराकिलो सपना ‘टुहुरो’ बन्न नदिने निर्भिकाको इच्छा छ । तर समय सजिलो छैन । वामपन्थी आन्दोलनले टुटफुट र विभाजनको उतारचढाव व्यहोरिरहेको छ । राजनीतिक आस्था र निष्ठा कमजोर बन्दै गइरहेको छ । तर आफ्नो उद्देश्यमा अडिग निर्भिका कहिले धरान-काठमाडौं, कहिले काठमाडौं-विराटनगर दौडधुप गरिरहेकी छिन् । संगीत विश्वविद्यालय होस् वा संगीत प्रतिष्ठान, त्यसको जग बसाल्न जग्गा आवश्यक छ । त्यही जग्गाको खोजीमा छिन् उनी । ‘कहिले के, कहिले के समस्या आइरहेको छ । जग्गा प्राप्तिको लागि बाधा उत्पन्न भइरहेको छ । साढे दुई वर्ष भयो लडिरहेकी छु,’ उनी भन्छिन् ।

को हुन जेबी टुहुरे ?

२०२० को दशकदेखि कम्युनिष्ट विचारधारासँग नजिक भएका जेबी टुहुरेले २०२४ सालदेखि जनताका गीत गाउन थालेका थिए ।जनगायकका रूपमा स्थापित जेबी टुहुरेको राजनीतिक आबद्धता माले, एमाले हुँदै पछिल्लो समय माओवादी केन्द्रमा थियो । दोस्रो संविधानसभामा माओवादी केन्द्रबाट सभासद् बनेका उनी जनसांस्कृतिक महासंघका संरक्षक र माओवादी केन्द्रका सल्लाहकार थिए ।उनलाई अझै नजिकबाट चिनाउने प्रयासमा छिन् निर्भिका । जेबी टुहुरेको अधुरो आत्मवृत्तान्त (बायोग्राफी)लाई पूर्णता दिने र वृत्तचित्र निर्माणको कामलाई पनि सँगसँगै अगाडि बढाइरहेको उनी बताउँछिन् । ‘बुवाले आफ्नो बायोग्राफी आफैं लेखिरहनुभएको थियो, उहाँको निधनपछि त्यो अधुरै रह्यो । अहिले त्यसलाई पूरा गर्ने काम भइरहेको छ,’ निर्भिका भन्छिन्, ‘त्योसँगै बुवालाई नजिकबाट चिन्नेहरूलाई भेटेर वृत्तचित्र पनि बनाउँदैछौं ।’

                                           धरानमा भएको सांगीतिक कार्यक्रम मुख्यमन्त्री राजेन्द्र कुमार राई

यसअघि जेबी टुहुरे प्रतिष्ठानले प्रथम वार्षिकीको अवसर पारेर गत भदौ १० गते धरानको भानुचोकमा सांगीतिक कार्यक्रम आयोजना गरेको थियो । सो कार्यक्रममा राष्ट्रियस्तरका कलाकारहरूले जेबी टुहुरेका गीत गाएका थिए । कार्यक्रममा पहिलोपटक एक लाख रूपैयाँ राशीको ‘जेबी टुहुरे श्रष्टा सम्मान’ बाट गीतकार लव प्रधानलाई सम्मानसमेत गरिएको थियो । प्रधान जेबी टुहुरेले गाएको चर्चित गीत ‘बसाइ हिंड्नेको तातीले’ बोलको गीतका रचनाकार हुन् ।प्रतिष्ठानका सचिव वीरेन्द्र बस्नेतका अनुसार जेबी टुहुरेको स्मृतिमा हरेक वर्ष एकजना श्रष्टालाई एक लाख नगद राशीसहित सम्मान गर्ने योजना रहेको छ ।

 

Previous Post

बाक्सिला बजारको एक घरमा आगलागी हुँदा पाँच घर जलेर नष्ट

Next Post

प्रतिबन्धित लागुऔषध सहित १ जना पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

लालीबजार’ ले सामाजिक विषयमा सोच्न बाध्य बनाउनेमा विश्वस्त छु’ : निर्देशक थापा

लालीबजार’ ले सामाजिक विषयमा सोच्न बाध्य बनाउनेमा विश्वस्त छु’ : निर्देशक थापा

by हंगामा खबर
२०८३ बैशाख २ गते १६:५३ बजे प्रकाशित
0

गाउँघरको रोचक र एक मार्मिक प्रेमकथा बोल्ने ‘मालती मंगले’को टिजर सार्वजनिक

गाउँघरको रोचक र एक मार्मिक प्रेमकथा बोल्ने ‘मालती मंगले’को टिजर सार्वजनिक

by हंगामा खबर
२०८२ चैत्र २७ गते १२:३४ बजे प्रकाशित
0

‘लालीबजार’ को प्राविधिक काम सम्पन्न, अन्तर्राष्ट्रिय वितरण अधिकार बिक्री गर्ने घोषणा

‘लालीबजार’ को प्राविधिक काम सम्पन्न, अन्तर्राष्ट्रिय वितरण अधिकार बिक्री गर्ने घोषणा

by हंगामा खबर
२०८२ चैत्र २५ गते १७:०७ बजे प्रकाशित
0

‘लाली बजार’ को पहिलो गीत करोड क्लवमा, दोस्रो गीत मिठो संसार सार्वजनिक

‘लाली बजार’ को पहिलो गीत करोड क्लवमा, दोस्रो गीत मिठो संसार सार्वजनिक

by हंगामा खबर
२०८२ चैत्र २२ गते १८:०६ बजे प्रकाशित
0

याक्थुङ चलचित्रकर्मी संघको अध्यक्षमा पुन मेन्याङ्बो सर्वसम्मत

याक्थुङ चलचित्रकर्मी संघको अध्यक्षमा पुन मेन्याङ्बो सर्वसम्मत

by हंगामा खबर
२०८२ चैत्र ८ गते ०९:०४ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist