धरानमा सम्पन्न २६ औ सस्करणको बुढासुब्बा गोल्डकपको उपाधि नवप्रवेशी क्लव प्लानिङ ब्वाईज युनाईटेड काठमाण्डौले जितेको छ । गतवर्षको उपविजेता चर्च ब्वाइज युनाईटेड ललितपुरलाई १–० गोलले पराजित गर्दै प्लानिङ व्याईजले उपाधि चुमेको हो । चर्च ब्वाइज गतबर्षबाट बुढासुब्बा गोल्डकप खेल्दै आएको थियो भने गतबर्षपनि उप–विजेतामा सिमित भएको थियो । गतबर्ष एनआरटी क्लव काठमाण्डौ संग पराजित भएको थियो । २६ औ संस्करणको विजेता प्लानिङ ब्वाईज युनाईटेडले नगद रु १० लाख तथा उपविजेता चर्च ब्वाइज युनाईटेड ललितपुरले नगद ५ लाख र ट्रफी प्राप्त ग¥यो ।
आजको खेलमा प्लेयर अफ द म्याच प्लानिङ ब्वाइजका जर्सी नम्वर १३ का पुजन थापा भए उनले नगद १० हजार र मेडल प्राप्त गरे । बेस्ट गोलकिपर प्लानिङ ब्वाइजका जर्सी नम्वर १ का योगेश धिमाल भए उनले नगद २५ हजार र मेडल पाए, बेस्ट डिफेन्डर प्लानिङ ब्वाइजका जर्सी नम्वर ४ का निङमा घिसिङ भए उनले पनि नगद २५ हजार र मेडल पाए भने बेस्ट मिड फिल्डर भने एपि पावर चर्च व्याइज युनाईटेड ललितपुरका जर्सी नम्वर ३२ का रोहन कार्की भए उनले नगद २५ हजार र मेडल पाए,बेस्ट स्ट्राईकर पनि एपि पावर चर्च व्याइज युनाईटेड ललितपुरका जर्सी नम्वर ७ का अबयोमी फकुन्ले भए उनले नगद २५ हजार र मेडल पाए ।

हाईस्कोरर भने ३ जनाले भए । जसमा झापा ११ का २ जना एरोन थापा मगर र राजेश दाहाल यसैगरी लानिङ ब्वाईज युनाईटेडका प्रताप सिंह राई भई उनीहरुले प्रतियोगीताभरी समान दुई दुई गोल गरेका थिए । खेलको बेस्ट कोज प्लानिङ ब्वाईज युनाईटेड का कोच सन्जित सिंह भए उनले पनि नगद २५ हजार र मेडल पाए । प्रतियोगीतको सर्वोत्कृष्ट खेलाडी डियो स्कुटर प्लानिङ ब्वाईज युनाईटेडका जर्सी नम्वर ७ का प्रताप सिंह राई भए उनले डियो को स्कुट प्राप्त गरे ।
समापन समारोह का प्रमुख अतिथी कोशी प्रदेशका मुख्यमन्त्री मानजिय हिक्मत कुमार कार्की थिए । उनी खेल अवभिभर बसेका थिए । उनले बुढासुब्बा गोल्डकप ऐतिहासिक भएकाले २६ औ संस्करण सम्म ल्याउनले सम्पुर्ण आयोजकलाई धन्यवाद दिए । साथै उनले धरान खेलकुदको शहर भएकाले धरान रंगशालालाई व्यवस्थित गर्न अगामी आर्थिक बर्षमा फ्लट लाईट, प्याराफिट र स्टेजको लागि बजेट छुट्याने प्रतिवद्धता जनाए । अगामी बर्षको संस्करण भौतिक पुर्वधार व्यवस्थित र सुविधा सम्पन्न निर्माणमा प्रदेश सरकार तयार रहेको जनाए ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।