धरानमा जारी २६ औ अन्तरराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपमा सेमीफाईनल पुग्ने पहिलो टिम झापा ११ भएको छ । आज धरान १६ स्थित धरान रंगशालामा भएको अन्तिम क्वाटर फाइनल खेलमा बाई पाएको सातदोवाटो फुटबल क्लव ललितपुरलाई २–१ गोलले पराजित गर्दै झापा ११ सेमीफाइनलमा पुगेको हो । पहिलो हाफको १६ औ मिनेटमा झापा ११ का जर्सी नं. १३ का राजेश दाहालले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। दोस्रो हाफको १३ औ मिनटमा सातदोवाटोका जर्सी नं. ९९ का वेविरोसले गोल गर्दै खेललाई बराबरीमा ल्याएपनि खेलको अन्तिम ४ि३औँ मिनेटमा एरोन थापाले दोस्रो गोल गर्दै झापाको जित सुनिश्चित गरे।

खेलाको ‘म्यान अफ द म्याच’ एरोन थापा मगर घोषित भए , उनले नगद १० हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गरे। झापाले फाईनल प्रवेशका लागि चर्च ब्वाईज युनाईटेड संग खेल्ने छ । भोलीको अन्ति क्वाटर फाइनल खेल प्लानिङ ब्वाईज युनाईटेड काठमाण्डौ र लालिगुराँस एसोशियसन पोखरा वीच हुने आयोजक धरान फुटबल क्लवले जानकारी दिएको छ । बुढासुब्बा गोल्डकपको उपाधि विजेताले ट्रफी र मेडलसहित नगद १० लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले डियो स्कुटर पाउने छन् ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।