माघ २२ गतेबाट धरानमा जारी २६ औ बुढासुब्बा गोल्डकपमा टिकट बिक्रिबाट रु दुईलाख त्रियाशी हजार संकलन भएको छ । पहिलो दिनको उद्धघाटन खेलमा आयोजक धरान फुटबल क्लव र भारतको जर्जियन एफसी कालिम्पोङ वीच भएको खेलमा गेट टिकट बिक्रीबाट रु १,४१,५०० एक लाख एकचालिस हजार पॅाच सय रूपैया मात्र संकलन भएको धरान फुटबल क्लवका महासचिव नविन राईले जानकारी दिए । यसै आज भएको दोस्रो क्वाटरफाईनल खेलामा आरटीसी भुटान झापा ११ वीच भएको खेलमा पनि गेट टिकटबाट रु।१,४१,५००र( ९ एक लाख एकचालिस हजार पॅाच सय रूपैया संकलन भएको महासचिव राईले जानकारी दिए । क्वाटरफाईनल खेलको टिकट रु १०० रहेको छ ।
भोलि शनिबार प्लानिङ ब्वाइज युनाइटेड काठमाडौं र साविक विजेता न्युरोड टिम काठमाडौंबीच हुने आयोजक धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङले बताएका छन् । बुढासुब्बा गोल्डकपको उपाधि विजेताले ट्रफी र मेडलसहित नगद १० लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले डियो स्कुटर पाउने छन् । प्रतियोगितामा १० टिमले सहभागिता जनाएका छन् । गत २५ औं संस्करणमा चर्च ब्वाइज युनाइटेडलाई २–१ गोल अन्तरले पराजित गर्दै न्युरोड टिम (एनआरटी) ले उपाधि रक्षा गरेको थियो ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।