प्रतिनिधि सभाको चुनाव आउन ४ दिन बाकी रहदा सुनसरी क्षेत्र नम्वर १ का उम्मृदवार मनोज भट्टराईले युवाहरुलाई बिशेष पत्र पठाएका छन । हरेक समुहका युवाहरुलाई सम्वोधन गरेर लेखिएको पत्रमा चुनाव विशेषनै रहेको छ । भूगोल र मन जोड्ने’ संकल्प गर्दै सुनसरी–१ का उम्मेदवार मनोज भट्टराईद्वारा युवाहरूसँग सुझाव संकलन अभियान नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्य सुनसरी १ बाट तारा चुनाव चिन्हसहित उम्मेदवारी दिएका मनोज भट्टराईले युवाहरूसँग प्रत्यक्ष संवाद तथा सुझाव संकलन अभियान सुरु गरेका छन्।

उम्मेदवार भट्टराईले ‘भूगोल र मन जोड्ने’ संकल्पसहित युवाहरू,बुद्धिजीवी तथा आम मतदाताबीच सुझाव संकलन कार्यक्रम सञ्चालन गर्दै आएका छन्।युवालाई नीति निर्माणको प्रक्रियामा प्रत्यक्ष सहभागी गराउन शुक्रबारदेखि अभियान सुरु गरिएको हो ।उनले सचेत युवाको विचार, सल्लाह र सुझावकै आधारमा आफ्नो सोच, नीति र योजनालाई परिष्कृत गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।
भट्टराईले भने,“व्यक्ति आफैंमा पूर्ण हुँदैन ।

युवाहरूको सोच र दृष्टिकोणले नै मेरो योजना अझ सशक्त र प्रभावकारी बन्छ ।,” आर्थिक क्षेत्रको विकासलाई मुख्य एजेन्डा बनाउँदै उनले स्वदेशमै स्वरोजगार सिर्जना,स्वदेशी लगानी प्रवर्द्धन, विदेशी लगानी भित्र्याउन नीतिगत सुधार, र युवालाई उद्यमशीलतामा जोड्ने नीतिमा दृढताका साथ काम गर्ने प्रतिबद्धता भट्टराईले जनाएका छन्।कार्यक्रमको संयोजन विद्यार्थी नेता रविन श्रेष्ठले ‘हेल्लो साथी अभियान’ मार्फत युवाहरूबाट सुझाव संकलनका लागि क्युआर स्क्यानमार्फत प्रतिक्रिया पठाउने व्यवस्था मिलाइएको जानकारी दिए। श्रेष्ठका अनुसार युवाहरूबाट प्राप्त सुझावलाई आगामी नीति तथा कार्यक्रम निर्माणमा समावेश गरिनेछ।हेल्लो साथी अभियान अन्र्तगत अनलाईन मार्फत साथै प्रत्येक दिन साझमा चोक चोकमा समेत अभियान चलाईने श्रेष्ठले बताए ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।