नेकपा एमालेबाट सुनसरी क्षेत्र नम्वर १ का उम्मेदवार टिकाराम लिम्बुले आफनो स्थानिय प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन । मंगलबार धरानमा एक कार्यक्रम आयोजना गरी सुनसरी क्षेत्र नम्वर एकको विभिन्न पक्षलाई समेटदै प्रतिवद्धता पत्र सार्वजनिक गरेका हुन । सार्वजनिक प्रतिवद्धत्रा पत्रमा एमालेले पहिलेनै सम्पन्न गरेको योजनाहरु भने नसमेटिएको निर्वाचन परिचालन समितीकी संयोजक नेकपा एमालेकी केन्दि«य सदस्य मञ्जु भण्डारीले जानकारी दिईन । भण्डारीले सार्वजनिक गरेका प्रतिवद्धत्ता पत्रमा सडक तथा पहुँच पूर्वाधार,पर्यटन विकास, सांस्कृतिक संरक्षण,खेलकुद,शिक्षा र स्वास्थ्य,खानेपानी तथा सरसफाई,भूमीहीन सुकुम्बासी तथा अव्यवस्थित वसोवास,उद्यम, कृषि तथा व्यवसायिक प्रबद्र्धन,सामाजिक , साँस्कृतिक विकास ,थप भौतिक सुधार,नीतिगत लविङ र सुधार ,श्रमिक क्षेत्र र विविध समेटिएको छ ।
थप भौतिक सुधार अन्र्तगत धरान ८मा रहेको सभागृह र सभागृहकै प्राङ्गणमा रहेको निर्माणधिन नाटक घर निर्माण पूरा गर्ने र सुनसरी क्षेत्र नम्वर १ लाई चलचित्र छायांकन र प्रबद्र्धन क्षेत्र निर्माण गर्न सरोकारवालासँग सहकार्य गर्ने प्रतिवद्धत्ता जाहेर गरेको छ । सार्वजनिक प्रतिबद्धता पत्रमा केबलकारदेखि जंगल सफारीसम्मका दीर्घकालीन पर्यटन योजना समेटिएका छन्। प्रतिबद्धता पत्रमा सुनसरी क्षेत्र नं। १ का पर्यटकीय क्षेत्रको एकीकृत पर्यटन गुरुयोजना तयार गरी आवश्यक पूर्वाधार निर्माण गरिने उल्लेख छ।धरतीकै पहिलो तीर्थस्थल मानिने वराहक्षेत्रको प्रवर्द्धन, पूर्ण सुरक्षा तथा सौन्दर्यकरण गर्दै सहज आवागमनका लागि सुविधा सम्पन्न सडक निर्माण गर्ने प्रतिबद्धता गरिएको छ। चतरा(सूर्यकुण्ड सडक निर्माण सम्पन्न गरी सूर्यकुण्डको संरक्षण, संवर्द्धन तथा यस क्षेत्रको कृषि र होमस्टे प्रवर्द्धन गरिने उल्लेख गरिएको छ ।
हर्दियामा निर्माण सुरु गरिएको मनमोहन स्मृति पार्क, धरान(१७ स्थित सप्तरंगी पार्क र धरान(२० मा निर्माणाधीन गोर्खा स्मृति पार्क सम्पन्न गरी सञ्चालनमा ल्याइने उल्लेख गरिएको छ।धरानबाट भेडेटार हुँदै नाम्जेसम्म सञ्चालन गर्ने प्रस्तावित केबलकार निर्माणका लागि सार्वजनिक(निजी साझेदारी नीतिअन्तर्गत सहजीकरण गरिने उल्लेख छ। यस्तै, उपयुक्त स्थानहरूमा पर्यटन सूचना केन्द्र तथा रिफ्रेसमेन्ट सेन्टर निर्माण गरिने योजना पनि समेटिएको छ।
प्रतिबद्धता पत्रमा रासतालदेखि अमाहा सिमसारसम्म जंगल सफारी मार्ग निर्माण गर्ने उल्लेख छ। साथै, भेडेटारदेखि जामुने, सेर्गे हुँदै हर्दिया जोड्ने मार्ग निर्माण तथा व्यवस्थापन गरिनेछ। पर्यटन केन्द्रित पदमार्गहरू ( बृहत्तर वराहक्षेत्र परिक्रमा मार्ग, विजयपुर गढीदेखि साँग्री गढीसम्मको युनिफिकेसन ट्रेल पदमार्ग र विजयपुर परिक्रमा मार्ग निर्माण गर्ने योजना पनि समावेश गरिएको छ। यसैगरी, विगतमा आफ्नो पहल र समन्वयमा धरान(लेउती सुरुङ मार्गको सम्भाव्यता अध्ययन नेपाल सरकारबाट सम्पन्न भई प्राथमिकता नम्बर १ मा राखिएको उल्लेख गरिएको छ। रासताल, शंकरवेली सिमसार र अमाहा सिमसार हुँदै सम्पूर्ण तराईलाई धरानसँग जोड्ने रणनीतिक महत्वका सडक निर्माण गर्ने प्रतिबद्धता पनि पत्रमा छ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।