Tuesday, March 3, 2026
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

अन्तर प्लस टु स्तरीय वक्तृत्वकला प्रतियोगितामा १८ जना छनोट

धरान उप–महानगरव्यापी अन्तर प्लस टु स्तरीय वक्तृत्वकला प्रतियोगिताको छनोट चरण धरान(८ स्थित सहिद स्मृति मा।बि।को सभाहलमा आइतबार सम्पन्न भएको छ।

हंगामा खबर by हंगामा खबर
२०८२ फाल्गुन ३ गते १९:१७ बजे प्रकाशित
in FEATURE, स्थानीय समाचार
0
अन्तर प्लस टु स्तरीय वक्तृत्वकला प्रतियोगितामा  १८ जना  छनोट
40
SHARES
Share on FacebookShare on Twitter

धरान उप–महानगरव्यापी अन्तर प्लस टु स्तरीय वक्तृत्वकला प्रतियोगिताको छनोट चरण धरान(८ स्थित सहिद स्मृति मा।बि।को सभाहलमा आइतबार सम्पन्न भएको छ।धरानभरिका ११ वटा प्लस टु बाट २० जना विद्यार्थी सहभागी भएको प्रतियोगिताबाट १८ जना फाइनल चरणका लागि छनोट भएका छन्।फाइनलमा प्रवेश गर्नेहरूमा सरस्वती मा।बि।, पानवाराका समिता राई र निर्मला भण्डारी, शिक्षा निकेतन मा।बि।का सुसन राई र निशा मगर, पब्लिक हाईस्कुलका गुन्जन लुइँटेल र स्मिता कोइराला रहेका छन्। यसैगरी विष्णु मेमोरियल मा।बि।का सार्थक निरौला र स्वेच्छा आचार्य, चन्द्र संस्कृत मा।बि।का केवल मिश्र र सुमन भट्टराई, डिपोट मा।बि।की क्यासी राई, धरान–मेघा हिमालयनका दिविका राई र सन्जिना राई फाइनलमा प्रवेश गरेका छन्।

त्यस्तै सुनाखरी एकेडेमीका नाबिया सरखाना र अमन राई, सहिद स्मृति मा।बि।की जेलिसा पौडेल र झर्ना राई तथा सियोन स्कुलकी सोनिया राई पनि फाइनलमा छनोट भएका छन्।प्रतियोगिताको शीर्षक “हामी सचेत युवा कि भीड पछ्याउने पुस्तारु” रहेको थियो। अधिकांश प्रतिस्पर्धीहरूले विषयलाई समसामयिक भएको बताउँदै युवाहरू भीडको पछाडि अन्धाधुन्ध लाग्नुभन्दा सही–गलत छुट्याएर यथार्थको पछि लाग्नुपर्नेमा जोड दिएका थिए। उनीहरूले युवाहरू भीडको पछाडि लाग्ने होइन, भीडलाई सही बाटोमा हिँडाउन सक्ने बन्नुपर्छ भन्ने धारणा व्यक्त गरेका थिए।

प्रतियोगिताका निर्णायकमा ब्लाष्ट टाइम्स दैनिकका सम्पादक देबेन्द्र कार्की र भानु स्मृति मा।बि।का शिक्षक ओम नाथ रिमाल रहेका थिए।विद्यार्थीहरूको आत्मविश्वास अभिवृद्धि गर्दै व्यक्तित्व तथा नेतृत्व क्षमताको विकास गर्ने उद्देश्यले (याडिकल लाईट नेपाल प्रा।लि।धरानले प्रतियोगिता आयोजना गरेको हो। आयोजक संस्थाका अध्यक्ष तिर्थ कार्कीले पुरस्कारभन्दा अवसर महत्वपूर्ण हुने उल्लेख गर्दै छनोट चरणबाट धेरैलाई फाइनलमा प्रतिस्पर्धा गर्ने अवसर दिइएको बताएका छन्।

ADVERTISEMENT

कार्यक्रमका अतिथि सहिद स्मृति मा।बि।का प्रधानाध्यापक राम बहादुर बिष्टले प्लस टु अध्ययनरत विद्यार्थीहरूले जटिल विषयमा समेत धाराप्रवाह आफ्ना धारणा राखेको भन्दै प्रशंसा गरेका छन्। उनले विद्यार्थीहरूलाई सफलताको शुभकामना व्यक्त गरेका छन्।
कार्यक्रमका सपोर्टर सुमेधा एजुकेसन नेटवर्क प्रा।लि। र धरान–३ स्थित चुबासा एजुकेसन अफेयर रहेका छन्। कार्यक्रम सञ्चालन पुजा लम्सालले गरेकी थिइन्।

प्रतियोगितामा प्रथमलाई नगद ७ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र, द्वितीयलाई नगद ५ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र, तृतीयलाई नगद ३ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र तथा सान्त्वनालाई नगद १ हजार ५ सय रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।प्रतियोगिताको फाइनल आगामी फागुन १५ गते शुक्रबार सहिद स्मृति मा।बि।मा हुने जनाइएको छ।

Previous Post

धरान फुटबल क्लव(बुढासुब्बा गोल्डकप) अक्षय कोष स्थापना, हाल कोषमा १६ लाख जम्मा

Next Post

निर शाहको निर्देशनमा चलचित्र ‘कमला मिस’ को काठमाण्डौमा धमाधम छायांकन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

निर्वाचन आउन ४ दिन बाँकी हुँदा मनोजले युवाहरुलाई किन पत्र पठाए ? के छ पत्रमा

निर्वाचन आउन ४ दिन बाँकी हुँदा मनोजले युवाहरुलाई किन पत्र पठाए ? के छ पत्रमा

by हंगामा खबर
२०८२ फाल्गुन १७ गते १०:०८ बजे प्रकाशित
0

भूगोल र मन जोड्न नेपाली कम्युनिस्ट पार्टीको पैदल यात्रा सुरु

भूगोल र मन जोड्न नेपाली कम्युनिस्ट पार्टीको पैदल यात्रा सुरु

by हंगामा खबर
२०८२ फाल्गुन १३ गते १९:१८ बजे प्रकाशित
0

नेकपा एमाले सुनसरी १ को प्रतिबद्धता पत्र, धरानलाई चलचित्र हव बनाईने

नेकपा एमाले सुनसरी १ को प्रतिबद्धता पत्र, धरानलाई चलचित्र हव बनाईने

by हंगामा खबर
२०८२ फाल्गुन १२ गते १८:२७ बजे प्रकाशित
0

धरानका युवा नेता मनोज भट्टराई, वडाध्यक्ष हुँदाको कामले प्रतिनिधिसभाको यात्रा तय

धरानका युवा नेता मनोज भट्टराई, वडाध्यक्ष हुँदाको कामले प्रतिनिधिसभाको यात्रा तय

by हंगामा खबर
२०८२ फाल्गुन १२ गते १०:३५ बजे प्रकाशित
0

रङ्गमञ्चका सविन, मिस्टर भर्जिनदेखि कोशेढुंगा, लालिमा हुदै ‘बाटुलो जुन सम्म

रङ्गमञ्चका सविन, मिस्टर भर्जिनदेखि कोशेढुंगा, लालिमा हुदै ‘बाटुलो जुन सम्म

by हंगामा खबर
२०८२ फाल्गुन ८ गते १७:०६ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist