वास्तविक उमेर जम्मा ३४ वर्ष, तर पर्दामा ४५- ५० वर्षको पाको र जीवनले ठक्कर खाएको विक्षिप्त पात्र १ अभिनयमा यस्तो जीवन्त रूपान्तरण त्यत्तिकै सम्भव हुँदैन, यसका पछाडि छ( रङ्गमञ्चमा पसिना बगाएको एक दशकभन्दा लामो साधना । कोशी प्रदेशको मोरङ अवस्थित हरैँचाबाट उदाएका प्रतिभावान कलाकार सविन कट्टेल विगत १२ वर्षदेखि नेपाली रङ्गमञ्चमा निरन्तर र कुशल अभिनय गर्दै आइरहेका छन् । पछिल्लो समय उनी नेपाली फिल्मको पर्दामा समेत आफ्नो दरिलो उपस्थिति जनाउन लागिपरेका छन् ।
यही फागुन २९ गतेबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्म लालिमा सविनको अभिनय यात्राको एक महत्त्वपूर्ण कोसेढुङ्गा बन्दैछ । भर्खरै पोष्टर, टिजर तथा गीतहरू लगायतका प्रचार सामग्री सार्वजनिक भएको यस फिल्ममा उनी आफ्नो वास्तविक उमेरभन्दा झण्डै दोब्बर उमेरको चरित्रमा प्रस्तुत भएका छन् । सविनले यस फिल्ममा एउटा यस्तो सामान्य गाउँलेको चरित्र निर्वाह गरेका छन्, जसले प्राकृतिक विपत्तिमा आफ्नो सम्पूर्ण परिवार गुमाउँछ । कलिलो उमेरदेखि नै गरिबी, अभाव र नितान्त एक्लोपनमा बाँचेको यो पात्रले नै फिल्मको कथामा ठूलो ट्विस्ट ल्याउने सविन बताउँछन् ।
वि।सं। २०७० सालमा औपचारिक रूपमा नाटकको वर्कसप लिएर सुरु भएको उनको रङ्गमञ्च यात्रा आजको दिनसम्म अविश्रान्त रूपमा चलिरहेको छ । उनको रङ्गमञ्चमा डेब्यु भने हारजित नाटकबाट भएको थियो । त्यसयता उनले छिमेकी, चिरिएका साँझहरुु, सखीु, माधवीु, समाजका नाइकेु, घोडचढीु, ह बिन्दु रामु पण्डित अग्निचक्षु र मुनामदन लगायत १५ भन्दा बढी नाटकमा सफलतापूर्वक आफ्नो अभिनय क्षमता पस्किसकेका छन् ।
अभिनयमा मात्र सीमित नरही, सफल मञ्चन भएको नाटक ुमुनामदनु को निर्देशन समेत उनैले गरेका हुन्, जहाँ उनको अभिनय पनि रहेको थियो । यसका साथै, उनी नाटक खेल्ने मात्र होइन, सिकाउने काम पनि गर्छन् । उनले विभिन्न नाटक वर्कसपहरूमा प्रशिक्षकको भूमिका समेत निर्वाह गरिसकेका छन् । सविनले शिल्पी थिएटरमार्फत नेपालका विभिन्न गाउँ तथा सहरहरूमा पुगेर जनचेतनामूलक नाटक यात्रा र मुक्त रङ्गमञ्च यात्रा हरूमा समेत आफ्नो सशक्त अभिनय प्रस्तुति दिएका छन् ।
फिल्म क्षेत्रमा व्यस्त बन्ने सही समयको प्रतिक्षाको कारण र अभिनय निखारतामा हरप्रहर संघर्ष गरिरहेको हुनाले थुप्रै अफरहरू आउँदा पनि उनले फिल्मलाई यथेष्ट समय दिन सकिरहेका थिएनन् । यद्यपि, उनको फिल्म यात्रा भने करिब ७ वर्ष अघि मिस्टर भर्जिनु बाटै डेब्यु भएको थियो भने कट्टेलले कोशेढुंगा फिल्ममा पनि अभिनय गरेका छन् । हाल उनी भुवन केसीको निर्देशन तथा अनमोल केसीको मुख्य अभिनय रहेको फिल्म बाटुलो जुनुमा एक रमाइलो भूमिकामा अभिनय गरेका छन् । उनका अनुसार सो पात्रले दर्शकको ध्यान आकर्षित गर्नेछ । यस फिल्मको अहिले धमाधम छायांकन भइरहेको छ ।
सविनले पठाओ र माया आइभिएफ जस्ता चर्चित कमर्सियल विज्ञापनहरूमा समेत काम गरिसकेका छन् भने रातो पछ्यौरी नामक डकु(ड्रामामा समेत आफ्नो अभिनय कौशल देखाइसकेका छन् । आगामी दिनमा अन्य केही नयाँ फिल्महरूको लागि पनि कुराकानी भइरहेको सविनले जानकारी दिएका छन् । उनी भन्छन् , एउटा असल र अब्बल अभिनय गर्ने कलाकारको रुपमा आफूलाई नेपाली रङ्गञ्च र फिल्म क्षेत्रमा स्थापित गर्न संघर्ष गरिरहेको छु । रङ्गमञ्चमा खारिएका सविनको यो सङ्घर्ष र समर्पणले नेपाली फिल्म क्षेत्रले एउटा अब्बल र सम्भावना बोकेको कलाकार पाएको विश्वास गर्न सकिन्छ ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।