Sunday, April 5, 2026
HangamaKhabar
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

दपर्ण छायाँ निर्देशक घिमिरे निर्देशित चलचित्र ‘पहाड’ को टिजर रिलिज

सफल चलचित्रहरु, चिनो, लाहुरे, दर्पण छायाँ, कुसुमे रुमाल, लहना जस्तो सुपरहिट चलचित्र लेखन निर्देशन गरेका सफल निर्देशक तुलसी घिमिरेद्धारा निर्देशन गरिएको चलचित्र ‘पहाड’ को टिजर रिलिज भएको छ ।

हंगामा खबर by हंगामा खबर
२०८२ चैत्र १ गते १८:२५ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
दपर्ण छायाँ निर्देशक घिमिरे निर्देशित चलचित्र ‘पहाड’ को टिजर रिलिज
38
SHARES
Share on FacebookShare on Twitter

सफल चलचित्रहरु, चिनो, लाहुरे, दर्पण छायाँ, कुसुमे रुमाल, लहना जस्तो सुपरहिट चलचित्र लेखन निर्देशन गरेका सफल निर्देशक तुलसी घिमिरेद्धारा निर्देशन गरिएको चलचित्र ‘पहाड’ को टिजर रिलिज भएको छ । टिजरमा बरिष्ठ कलाकारहरु देखि अहिलेका चर्चित कलाकारहरुको अभिनय रहेको छ । निर्देशक ‘बलिदान’ मा काम गरेका मदनकृष्ण श्रेष्ठ, ‘चिनो’ मा काम गरेका शिव श्रेष्ठ र स्वर्गीय सुनिल थापालाई पनि ‘पहाड’ मा कास्ट गरेका छन् ।

चलचित्रमा युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक र आर्थिक समस्यालाई चित्रण गरिएको लेखकसमेत रहेका निर्देशक घिमिरेले बताए ।उनले भने,‘पहाड एकदमै सुन्दर ठाउँ हो, त्यसलाई सुन्दर बनाउन पुर्खा, अग्रजले जीवन समर्पण गरेका छन् । तर, पछिल्लो समय त्यही पहाड उजाड बनेको छ, युवा पलयान भएका छन्, रोजगारीका लागि बसाई सरेका छन् । यसलाई जोडेर नै फिल्मको कथा तयार गरेका छौँ, यसलाई समग्र नेपालकै कथा भन्दा हुन्छ ।

’निर्देशक घिमिरेले वितरकसँग छलफल गर्दै नेपालसँगै अन्तर्राष्ट्रिय प्रदर्शनका लागि उपयुक्त समय मिलाउनुका साथै बाँकी कामलाई पुरा गर्ने अवधि मापन गरेर आगामी वैशाख १ मा फिल्मको प्रदर्शन तय गरिएको जानकारी दिए । निर्देशक घिमिरेले यसपटक ‘बलिदान’ मा काम गरेका मदनकृष्ण श्रेष्ठ, ‘चिनो’ मा काम गरेका शिव श्रेष्ठ र सुनिल थापालाई पनि ‘पहाड’ मा कास्ट गरेका छन् । फिल्मलाई प्रमोद प्रधानले छायाङ्कन गरेका छन् । भारतमा फिल्म, वेबसिरिज र टेलीफिल्मसमेत छायाङ्कन गरिसकेका छायाँकार प्रधानले निर्देशक घिमिरेसँग ‘अन्याय’, ‘कोसेली’, ‘चिनो’ र ‘दक्षिणा’ लगायतका चलचित्रमा सहकार्य गरेका छन् ।

ADVERTISEMENT

चलचित्रको पटकथा तयार गर्दा देखिएका पात्रमा फिट हुने भएपछि पुरानो सहकार्यलाई पुनः ताजा गरौँ भनेर मैले प्रस्ताव गरें । मेरो प्रस्तावमा सम्पूर्ण कलाकारले सहमति जनाउनु भयो, पुरानो समयलाई स्मरण गर्दै नयाँ उत्साहका साथ काम गरेका छौँ । यसपटक दर्शकसँगै यो फिल्म घर, परिवार र समाजसम्म विचारको रुपमा पुग्छ भन्नेमा विश्वस्त छु’, निर्देशक घिमिरेले भने ।
भाग्यरत्न फिल्म्स प्रालिको व्यानरमा निर्माण भएकोे ‘पहाड’मा विपीन कार्की, सुनिल थापा, मदनकृष्ण श्रेष्ठ, रेनुनाथ योगी, अरुण क्षेत्री, रवीन्द्रसिंह बानियाँ, उमा गिरीलगायतका कलाकारको अभिनय रहेको छ ।

निर्देशक घिमिरेले कान्छी छोरी पञ्चमी घिमिरेलाई यसै फिल्ममार्फत अभिनेत्रीको रुपमा दर्शकसामु ल्याउदैछन् । यस्तै, चलचित्रको प्राविधिक टिममा निर्देशक घिमिरेकी जेठी छोरी भावना घिमिरेले प्रोडक्सन डिजाइनरको जिम्मेवारी सम्हालेकी छिन् ।
चलचित्रमा रञ्जित सिंह गजमेर सङ्गीत निर्देशक रहेका छन् । उत्तम रसाइली प्रस्तुतकर्ता रहेको चलचित्रमा सुरेन्द्र लामा थिङ, ओजस्वी केसी, रिम्पोछे लामा थिङ र उमा गिरी निर्माता रहेका छन् । चलचित्रमा भारती घिमिरे क्रिएटिभ निर्माता रहेकी छिन् । चलचित्र नेपालमा वैङ्कटेश इन्टरटेनमेन्ट र डायस्पोरामा सेभेन सिज इन्टरनेशनल फिल्म्सले वितरण गर्नेछ ।

Previous Post

चलचित्र ‘लालीबजार’ को पहिलो गीतमा स्वस्तिमा र समाइराको बबाल नृत्य

Next Post

दर्शकहरुले रुचाए ‘लाली बजार’ को गीत, रिल्स र टिकटकमा भिडियो बनाउनेको भीड

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

‘लाली बजार’ को पहिलो गीत करोड क्लवमा, दोस्रो गीत मिठो संसार सार्वजनिक

‘लाली बजार’ को पहिलो गीत करोड क्लवमा, दोस्रो गीत मिठो संसार सार्वजनिक

by हंगामा खबर
२०८२ चैत्र २२ गते १८:०६ बजे प्रकाशित
0

याक्थुङ चलचित्रकर्मी संघको अध्यक्षमा पुन मेन्याङ्बो सर्वसम्मत

याक्थुङ चलचित्रकर्मी संघको अध्यक्षमा पुन मेन्याङ्बो सर्वसम्मत

by हंगामा खबर
२०८२ चैत्र ८ गते ०९:०४ बजे प्रकाशित
0

रामकृष्ण ढकालको चलचित्र ‘ ‘मालती मंगले’को शीर्ष गीत ‘सुनैको सपनी’ सार्वजनिक

रामकृष्ण ढकालको चलचित्र ‘ ‘मालती मंगले’को शीर्ष गीत ‘सुनैको सपनी’ सार्वजनिक

by हंगामा खबर
२०८२ चैत्र ५ गते १६:४८ बजे प्रकाशित
0

चलचित्र ‘लालीबजार’ को पहिलो गीतमा स्वस्तिमा र समाइराको  बबाल  नृत्य

दर्शकहरुले रुचाए ‘लाली बजार’ को गीत, रिल्स र टिकटकमा भिडियो बनाउनेको भीड

by हंगामा खबर
२०८२ चैत्र ३ गते १७:२५ बजे प्रकाशित
0

दपर्ण छायाँ निर्देशक घिमिरे निर्देशित चलचित्र ‘पहाड’ को टिजर रिलिज

दपर्ण छायाँ निर्देशक घिमिरे निर्देशित चलचित्र ‘पहाड’ को टिजर रिलिज

by हंगामा खबर
२०८२ चैत्र १ गते १८:२५ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist