चर्चित कथा संग्रह ‘परालको आगो’ द्धारा प्रेरित चलचित्र ‘परालको आगो’ को टिजर सार्वजनिक भएको छ । परिवारको कलहलाई मुख्य विषयबस्तु बनाइको चलचित्रले श्रीमान्(श्रीमती ९चामे र गौँथली०को झगडालाई केन्द्रमा राखिएको टिजरमा अभिनेता प्रकाश सपुत रिसाहा श्रीमानको भूमिकामा देखिएका छन् । उनकी श्रीमतीको भूमिकामा अभिनेत्री सुहाना थापा छिन् । टिजरमा सौगात मल्ल प्रकाश सपुत अर्थात चामेको छिमेकीको भुमीकामा छन ।
हरिओम सिने मेकर्सको ब्यानरमा निर्माण भएको सिनेमामा सौगात, प्रकाश र सुहानासहित सिर्जना अधिकारी, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने, मन्जिला बानियाँ लगायतका कलाकारहरूले अभिनय गरेका छन् । लक्ष्मण सुनारको निर्देशन तथा सुशील पोखरेलको लगानी रहेको सिनेमामा सुशील देवकोटाको पटकथा तथा संवाद लेखन छ ।
ग्रामीण लोककथाका प्रणेता मानिने गुरुप्रसाद मैनालीको चर्चित कथा ‘परालको आगो’बाट प्रेरित भएर यो सिनेमा निर्माण भएको हो । सिनेमामा संकल्प भुजेलको छायांकन, मिलन श्रेष्ठको सम्पादन, रामजी लामिछानेको नृत्य निर्देशन, कनाल कँवरको रंग संयोजन तथा शान्ती ठटाल, सत्य(स्वरुप र प्रकाश सपूतको संगीत रहेको छ । चलचित्र आगामी बैशाख ११ गतेबाट प्रदर्शनमा आउने भएको छ ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।