फागुन २१ मा सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र नं १ मा श्रम सँस्कृति पार्टीका उम्मेद्वार हर्कराज राई (साम्पाङ) विजयी भएका छन् । उनले निकतम प्रतिद्धन्द्धी राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङ्गलाई पराजित गर्दै बिजयी भएका हुन । सुनसरी क्षेत्र नम्वर १ मा खसेको कुल मत ८७४७१ मध्ये साम्पाङले ३५७४१ मत पाउदै विजयी भएको निर्वाचन अधिकृत दिव्यराज घिमिरेले जानकारी दिए । उनको प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेद्वार गोमा तामाङले २७२४९ मत पाइन ।राईले ८४९२ मतले तामाङलाई पछि पार्दै विजयी भएका हुन् । राई धरान उपमहानगरपालिकाका निवर्तमान मेयर समेत हुन ।







सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।