Tuesday, March 3, 2026
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

कुमारी को व्यावसायिक असफलताले उनलाई गलाएको छैन – निर्माता महेन्द्र अधिकारी

कुमारी निर्माता महेन्द्र अधिकारीको अबको बाटोस् नाफा मात्र होइन, जिम्मेवारी पनि हो चलचित्र

हंगामा खबर by हंगामा खबर
२०८२ फाल्गुन ७ गते १६:११ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
कुमारी को व्यावसायिक असफलताले उनलाई गलाएको छैन – निर्माता महेन्द्र अधिकारी
36
SHARES
Share on FacebookShare on Twitter

कुमारी निर्माता महेन्द्र अधिकारीको अबको बाटोस् नाफा मात्र होइन, जिम्मेवारी पनि हो चलचित्र
काठमाडौं ( कुनै पनि चलचित्र रिलिज हुँदा दुई वटा नतिजाको अपेक्षा गरिन्छ, कि त बक्स अफिसमा पैसाको वर्षा, कि त दर्शक र समीक्षकको वाह वाही। तर, कहिलेकाहीँ उद्योगमा यस्तो विरोधाभास देखिन्छ, जहाँ समीक्षकले चलचित्रलाई उत्कृष्ट भन्छन्, दर्शकले कथाको प्रशंसा गर्छन्, तर निर्माताको गोजी भने रित्तै रहन्छ। हालै प्रदर्शनमा आएको चलचित्र ुकुमारीु ले ठ्याक्कै यही नियति भोग्यो।

प्रकाश जस्तो सशक्त चलचित्र दिएर उद्योगमा आफ्नो अलग छाप बनाएका निर्माताका लागि कुमारी को व्यावसायिक असफलता एउटा पाठ बनेको छ। उनी चलचित्रको यो नतिजालाई लुकाउने वा ढाकछोप गर्ने प्रयासमा छैनन्, बरु एक परिपक्व व्यवसायी झैँ यसको निर्मम समीक्षा गर्न तयार देखिन्छन्।

चलचित्रलाई उनी विशुद्ध व्यवसाय मान्छन्। हरेक व्यवसायको उद्देश्य नाफामूलक हुनुपर्छ, उनी स्पष्ट भन्छन्। तर, सधैँ सोचेजस्तो नतिजा नआउने यथार्थलाई पनि उनी उत्तिकै सहजताका साथ स्विकार्छन्। मेरो बुझाइमा कुनै पनि व्यवसायले यदि नाफा आर्जन गर्न सकेन भने त्यसको कारक तत्त्व पत्ता लगाई तुरुन्त समाधान गर्नुपर्छ, उनी भन्छन्, यदि यो समस्यालाई हलुका रूपमा लियो भने यसपछिका अरू निर्माताहरूलाई पनि लगानी गर्न एक चोटि सोच्न बाध्य बनाउँछ। तर, उनी हताश छैनन्। व्यवसायमा युनिभर्सल फ्याक्टुको नियम लागू हुने उनको तर्क छ, व्यवसाय सधैँ नाफामूलक मात्र नभई कहिलेकाहीँ नाफारहित पनि हुन सक्छ। कुमारी लाई उनी यसैको ज्वलन्त उदाहरण मान्छन्।

ADVERTISEMENT

एउटा चलचित्र असफल हुँदा पर्दा पछाडि लगानी गर्ने निर्माताको मनोविज्ञान कस्तो हुन्छ रु उनी भन्छन्, व्यवसायले सोचे अनुसार व्यापार नगरिसकेपछि निर्मातामा नकारात्मक असर त पर्छ नै।तर यो असर आर्थिक मात्र होइन। उनका अनुसार चलचित्रसँग जोडिएका प्राविधिकदेखि कलाकारसम्म हरेक व्यक्तिको आशाको केन्द्रबिन्दु नै निर्माता हुन्। त्यसैले जब लगानी डुब्छ, निर्मातालाई चौतर्फी दबाब महसुस हुन्छ।यद्यपि, उनी विगतका कमजोरीहरूलाई लिएर रुमल्लिनुको साटो अत्यन्त संवेदनशील भएर अगाडि बढ्ने सोचमा छन्। कमजोरी सच्याएर फेरि अर्को प्रोजेक्ट गर्नुलाई म सकारात्मक नै मान्दछु, उनको आत्मविश्वास छ।

नेपाली चलचित्र बजारमा अहिले स्टार कास्टु बिना चलचित्र चल्दैन भन्ने भाष्य निर्माण भइरहेको छ। कुमारी को नतिजाले के अब उनलाई पनि स्टारहरूको पछि लाग्न बाध्य पार्ला रु उनी यसलाई पूर्ण सत्य मान्न तयार छैनन्। सधैँ एकै खालको फर्मुला प्रयोग गर्दा नतिजा एउटै आउँछ भन्ने हुँदैन, उनी तर्क गर्छन्। उनी समयसँगै चलचित्र निर्माताहरूको सोचमा आएको परिवर्तनलाई नयाँ अनुहारहरूको आगमनसँग जोड्छन्। उनको स्पष्ट अडान छ, चलचित्रमा कलाकारको छनौट स्टारडम हेरेर होइन, कथावस्तु र पात्रको माग अनुसार हुनुपर्छ। कथाले न्याय माग्दा स्थापित कलाकार पनि हुन सक्छन् वा नयाँ अनुहार पनि। यो मेरो रोजाइ होइन, कथाको माग हो।

बजारले उनलाई आँटिला निर्माता को उपमा दिएको छ। तर, उनी यसलाई आँट भन्दा पनि आफ्नो पेसाप्रतिको इमानदारिता र जिम्मेवारी भन्न रुचाउँछन्। चलचित्र निर्माण केवल लगानी मात्र नभएर यो रहर र जिम्मेवारी पनि हो, उनी भन्छन्, ूदर्शकलाई गुणस्तरीय सामग्री दिनु हाम्रो दायित्व हो। मेरो पहिलो चलचित्र प्रकाश र अहिलेको कुमारी यसका उदाहरण हुन्।

के अब उनी बाटो मोडेर पुरानो फर्मुला प्रयोग हुने चलचित्र बनाउन लाग्लान् रु उनको जवाफ दार्शनिक छ, मान्छेले जति सोच राख्छ र उसको चेतनाको स्तर जति छ, उसले त्यति मात्र गर्न सक्छ। उनको कुरा सुन्दा लाग्छ उनी सिक्ने क्रममा छन्। अग्रज सिनेकर्मीहरूको अनुभव र आफ्नै भोगाइलाई मिसाएर आगामी दिनमा अझ परिपक्व योजनाका साथ आउने उनको तयारी छ।

कुमारी को व्यावसायिक असफलताले उनलाई गलाएको छैन, बरु अझ जिम्मेवार बनाएको छ। कुमारी एउटा विशुद्ध प्रेमकथा मात्र थिएन, यो समाजले अझै पनि स्वीकार गर्न नसकेको महिलाको संवेदनशीलता बोकेको तितो सत्य थियो, उनी निष्कर्ष निकाल्छन्।

Previous Post

म रैथाने हुँ ।” — मनोज भट्टराई, उम्मेद्वार प्रतिनिधि सभा

Next Post

रङ्गमञ्चका सविन, मिस्टर भर्जिनदेखि कोशेढुंगा, लालिमा हुदै ‘बाटुलो जुन सम्म

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

निर्वाचन आउन ४ दिन बाँकी हुँदा मनोजले युवाहरुलाई किन पत्र पठाए ? के छ पत्रमा

निर्वाचन आउन ४ दिन बाँकी हुँदा मनोजले युवाहरुलाई किन पत्र पठाए ? के छ पत्रमा

by हंगामा खबर
२०८२ फाल्गुन १७ गते १०:०८ बजे प्रकाशित
0

भूगोल र मन जोड्न नेपाली कम्युनिस्ट पार्टीको पैदल यात्रा सुरु

भूगोल र मन जोड्न नेपाली कम्युनिस्ट पार्टीको पैदल यात्रा सुरु

by हंगामा खबर
२०८२ फाल्गुन १३ गते १९:१८ बजे प्रकाशित
0

नेकपा एमाले सुनसरी १ को प्रतिबद्धता पत्र, धरानलाई चलचित्र हव बनाईने

नेकपा एमाले सुनसरी १ को प्रतिबद्धता पत्र, धरानलाई चलचित्र हव बनाईने

by हंगामा खबर
२०८२ फाल्गुन १२ गते १८:२७ बजे प्रकाशित
0

धरानका युवा नेता मनोज भट्टराई, वडाध्यक्ष हुँदाको कामले प्रतिनिधिसभाको यात्रा तय

धरानका युवा नेता मनोज भट्टराई, वडाध्यक्ष हुँदाको कामले प्रतिनिधिसभाको यात्रा तय

by हंगामा खबर
२०८२ फाल्गुन १२ गते १०:३५ बजे प्रकाशित
0

रङ्गमञ्चका सविन, मिस्टर भर्जिनदेखि कोशेढुंगा, लालिमा हुदै ‘बाटुलो जुन सम्म

रङ्गमञ्चका सविन, मिस्टर भर्जिनदेखि कोशेढुंगा, लालिमा हुदै ‘बाटुलो जुन सम्म

by हंगामा खबर
२०८२ फाल्गुन ८ गते १७:०६ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist