गत फागुन १ गते शुभमुहूर्तसगै छायांकन भइरहेको वरिष्ठ कलाकार तथा निर्देशक निर शाहको निर्देशन रहेको चलचित्र ‘कमला मिस’ को यति बेला राजधानीमा धमाधम छायांकन चलिरहेको छ । कमला मिस’ मार्फत निर शाहले एक दशकपछि निर्देशनमा पुनः फर्किएका हुन् ।ललितपुरको इमाडोलस्थित न्यु मिलेनियम स्कुल परिसरमा विजय मल्ल स्मृति प्रतिष्ठान, मल्ल परिवार र चलचित्र युनिटले नाटेश्वरीको पूजा गरी चलचित्रको सफलताको कामना गरेका छन्।
चलचित्र ‘कमला मिस’ मा यो पूजा सम्पन्न गरेर छायांकनको सफल र बाधारहित प्रवाहको कामना गरिएको हो।विशेषगरी चलचित्र, नाटक वा सांस्कृतिक कार्यक्रम सुरु गर्नुअघि सफलता, समृद्धि र बाधा रहित कामना गर्नका लागि यो पूजा गरिन्छ।
मनोवैज्ञानिक विषयवस्तुमा आधारित यस चलचित्रमा मुख्य कलाकारको रूपमा बासना तिमिल्सिना, शिवम सराफ क्षेत्री, आरभ दाहाल, भावना मगर, सुशान्त कुमार श्रेष्ठ, जयन्त रेग्मी रहेका छन्। साथै रमेश बुढाथोकी पनि मुख्य भूमिकामा देखिनेछन्।चलचित्र विजय मल्ल स्मृति प्रतिष्ठानको प्रस्तुतिमा निर्माण भइरहेको छ। कार्यकारी निर्माता उमेश मल्ल र चैतन्य प्रधान, लाइन प्रोड्युसर पुष्कर लामा ९प्रेम भोम्जन०, छायांकन शिवराम श्रेष्ठ, सङ्गीत युग भुसाल, कोरियोग्राफी रामजी लामिछाने, निर्माण व्यवस्थापन भोला सुबेदी, र मुख्य सहायक निर्देशन सगर बोहराले सम्हाल्नेछन्।
पटकथा तथा संवाद निर शाह, प्रजाल दुलाल, सुगम दुलालले संयुक्त रूपमा तयार गरेका हुन्।निर शाह नेपाली चलचित्र क्षेत्रमा लामो समयदेखि अभिनय, फिल्म निर्माण र निर्देशनमा सक्रिय रहँदै आएका छन्। उहाँले यसअघि ‘वासुदेव’, ‘पच्चीस वसन्त’, ‘राजमती’, ‘वसन्ती’, ‘मसान’, र ‘सेतोबाघ’ जस्ता सफल चलचित्र निर्देशन गरिसक्नुभएको छ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।