पछिल्लो समय नेपाली तथा हिन्दी चलचित्रहरुलाई बजार व्यवस्थापन गर्दै चलचित्र वितरणमा सकृय कुवेर सिने डिस्ट्रीव्युटर्सको समुहले फेरी अर्को सिनेमा हल सञ्चालनमा ल्याउने भएको छ । बिशेषगरी ‘फ्रेन्डस् सिनेमा’ चेन अन्र्तगत फ्रेण्डस सिनेमा धरान, बुटवल पछि तेस्रो सिनेमा हलको रुपमा सुन्दर ठाउँ पहाडी जिल्ला इलाममा सिंगल स्क्रीन , १९० सिट क्षमता भएको सुविधा सम्पन्न सिनेमा हल सञ्चालनमा ल्याउने भएको छ ।हल इलाम नगरपालिकाले निर्माण गरेको सिटी मार्ट मलको चौथो तलामा रहेको छ । यो मलमा अण्डर ग्राउण्ड पार्किङको सुविधा समेत रहेको छ ।

पहाडी जिल्लाा इलाम नगरपालिका–७ स्थित यस नयाँ सिनेमा हल यहि शुक्रबारबाट विधिवत रूपमा सञ्चलनमा ल्याउने तयारी रहेको फ्रेण्डस् सिनेमा धरानका म्यानेजर सन्देश घिमिरेले जानकारी दिए । हल करिब साढे ३ करोड रुपैयाँ लगानीमा निर्माण भएको र सञ्चालनका लागि चलचित्र विकास बोर्डबाट आधिकारिक अनुमति पाइसकेको घिमिरे जनाए । फ्रेण्डस सिनेमा धरानको हाल सिंगल स्क्रीन रहेकोमा अर्को स्कीन निर्माणको कामपनि धमाधम भईरहेकोले करिब एक महिना धरानको हल बन्द रहने पनि म्यानेजर घिमिरेले जानकारी दिए ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।