यहि बैशाख १८ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘लालीबजार’ को टिजर सार्वजनिक भएको छ । सर्वाधिक सफल चलचित्र ‘जात्रा’ शृङ्खलामार्फत स्थापित भएको व्यानर षट्कोण आट्र्सले निर्माण गर्ने नयाँ चलचित्र ‘लालीबजार’ मा अभिनेत्री स्वस्तिमा खड्का मुख्य भूमीकामा रहेको टिजरले पश्चिम नेपालमा अझैपनि कहिकतै रहेको परम्परा माथि रहेर निर्माण गरिएको चलचित्र ‘लाली बजार’ को टिजरले आशा जगाएको छ । चलचित्र एक आमा छोरीको मिठो कथा हो ।सधै फरक भुमीकामा अब्बल देखिदै आएकी स्वतिमा यो ‘लाली बजार’ मा पनि निकै फरक भुमीकामा देखिएकी छिन ।
चलचित्र निर्माण घोषणा र पोष्टर सार्वजनिक भएदेखिनै चर्चामा रहेको ‘लाली बजार’ ले टिजर सार्वजनिक पछि झनै कौतुहलता जगाएको छ । षट्कोण आर्ट्सको व्यानरमा निर्माण भएको चलचित्र यम थापाको लेखन तथा निर्देशनमा तयार हुने ‘लालीबजार’ लाई रवीन्द्रसिंह बानियाँ र म्याक्स दीपेस खत्रीले निर्माण गर्दैछन् भने यसका कार्यकारी निर्माता प्रदीप भट्टराई हुन् ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।