Tuesday, March 3, 2026
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

‘शिवांश – च्याप्टर १’ को ट्रेलर सार्वजनिक, धार्मिक भेषमा अपराधको जालो फिजाएको कथा

यहि फागुन १ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘शिवांश – च्याप्टर १’ को ट्रेलर सार्वजनिक भएको छ ।

हंगामा खबर by हंगामा खबर
२०८२ माघ २३ गते २२:०७ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
‘शिवांश – च्याप्टर १’ को ट्रेलर सार्वजनिक, धार्मिक भेषमा अपराधको जालो फिजाएको कथा
36
SHARES
Share on FacebookShare on Twitter

यहि फागुन १ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘शिवांश – च्याप्टर १’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा धार्मिक वस्त्रका् खोल ओढेर अपराधको जालो फिजाएको कथा प्रस्तुत छ । सार्वजनिक ट्रेलरमा गेरु बस्त्र, निधारमा खरानी र हातमा त्रिशूल बोकेको मान्छे सधैं साधु नै हुन्छ भन्ने छैन, ऊ भित्र एउटा क्रुर अपराधी पनि लुकेको हुन्छ भन्ने यर्थाथ गज्जवले प्रस्तुत गरिएको छ । यही विरोधाभासपूर्ण कथा र पौराणिक रहस्य बोकेको चलचित्र ‘शिवांश – च्याप्टर १’ को मुख्य कथावस्तु भएको कुरा सार्वजनिक ट्रेलरले स्पष्ट देखाएको छ । । आगामी फागुन १ गते महाशिवरात्रिको अवसर पारेर प्रदर्शनको तयारीमा रहेको ‘शिवांश– च्याप्टर १’ ले नेपाली चलचित्रक्षेत्रमा विरलै बन्ने ‘स्पिरिचुअल एक्सन ड्रामा’ जनराको उठान गरेको छ भन्दा उपयुक्त हुन्छ ।

अञ्जन सिनेमा प्रोडक्शनको ब्यानरमा निर्माण भएको ‘शिवांश– च्याप्टर १’ ट्रेलरमा अभिनेता प्रविण खतिवडाको ‘लुक्स’ र अभिनय सबैभन्दा सशक्त पक्षको रूपमा देखिएको छ । बाहिरबाट हेर्दा सांसारिक मोह त्यागेको र सादगी जीवन बिताइरहेको जोगी देखिए पनि, भित्री रूपमा उनी कति क्रुर र खतरनाक हुन सक्छन् भन्ने कुरालाई ट्रेलरमा प्रष्ट देखाइएको छ ।

कुनै ‘दिव्य शक्ति’ वा ‘सिद्धि’ प्राप्तिको उन्मादमा रहेका पात्रको आवरणमा हत्या र हिंसाको कथा बुनिएको संकेत ट्रेलरले गर्छ । निर्देशक सन्तोष कुमार आत्रेयले फिल्ममा पौराणिक मान्यता र आधुनिक युगको रहस्यलाई एकै ठाउँमा मिसाउने साहसिक प्रयास गरेका छन् । कथामा पौराणिक ‘समुद्र मन्थन’ र त्यसबाट निस्किएको ‘विष’ को सन्दर्भ जोडिएको छ ।

ADVERTISEMENT

एकातिर गुफा, मन्त्रोच्चारण र तान्त्रिक विधिहरू देखिन्छन् भने अर्कोतिर ल्यापटप, आधुनिक हतियार र पुलिसको अनुसन्धान देखाईएको छ । ट्रेलरमा देखाइएको ूयो पुस्तकले विध्वंश निम्त्याउन सक्छू भन्ने संवादले एउटा रहस्यमयी शिला र पुस्तकको वरिपरि ठूलो खतरा मडारिएको संकेत गर्छ । ट्रेलर हेर्दा फिल्मको क्यानभास भव्य देखिन्छ । यसलाई थप ओजपूर्ण बनाएको छ( भारतीय प्रख्यात गायक कैलाश खेरको जादुमयी स्वर र संगीतले ।

पृष्ठभूमिमा बज्ने मन्त्रोच्चारण र संगीतले दर्शकलाई आध्यात्मिक र थ्रिलर दुवै भावको महसुस गराउँछ । अञ्जान केसीको कथा र निर्माता रहेको यस चलचित्रको फिल्मको पटकथा बारत लिम्बूले लेखेका हुन् भने स्क्रिप्ट डक्टरको भूमिका सुलक्षण भारतीले निर्वाह गरेका छन् । फिल्ममा प्रवीण खतिवडा, विमला लिम्बू, रुषा न्यौपाने, तेज गिरी, विकास जोशी, उदय कुमार सुब्बा, सन्तोष कुमार आत्रेय, बारात लिम्बू, प्रदीप कुमार चौधरी, तुलसा लिम्बू, सबिर चुरौटे, टिका निरौला, कुन्दन चौधरी, सागर घिमिरे, रत्न लिङ्देन लगायतको अभिनय रहेको छ ।
फिल्ममा न्ह्यू बज्राचार्य र राजनराज शिवाकोटी संगीत रहेको छ भने गीतमा राजनराज, मिलन नेवार र समीक्षा अधिकारीको स्वर समावेश छ । सरद महतोले डीओपी, बनिश शाहले सम्पादन, मिलन श्रेष्ठले द्वन्द्व र विक्रम चोहानले यो फिल्ममा कोरियोग्राफी गरेका छन् ।

Previous Post

२६औ बुढासुब्बा गोल्ड कपमा गेट टिकटबाट २ दिनमा दुईलाख ८३ हजार संकलन

Next Post

बुढासुब्बा गोल्डकपमा सेमीफाइनल पुग्ने पहिलो टिम बन्यो झापा ११

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

निर्वाचन आउन ४ दिन बाँकी हुँदा मनोजले युवाहरुलाई किन पत्र पठाए ? के छ पत्रमा

निर्वाचन आउन ४ दिन बाँकी हुँदा मनोजले युवाहरुलाई किन पत्र पठाए ? के छ पत्रमा

by हंगामा खबर
२०८२ फाल्गुन १७ गते १०:०८ बजे प्रकाशित
0

भूगोल र मन जोड्न नेपाली कम्युनिस्ट पार्टीको पैदल यात्रा सुरु

भूगोल र मन जोड्न नेपाली कम्युनिस्ट पार्टीको पैदल यात्रा सुरु

by हंगामा खबर
२०८२ फाल्गुन १३ गते १९:१८ बजे प्रकाशित
0

नेकपा एमाले सुनसरी १ को प्रतिबद्धता पत्र, धरानलाई चलचित्र हव बनाईने

नेकपा एमाले सुनसरी १ को प्रतिबद्धता पत्र, धरानलाई चलचित्र हव बनाईने

by हंगामा खबर
२०८२ फाल्गुन १२ गते १८:२७ बजे प्रकाशित
0

धरानका युवा नेता मनोज भट्टराई, वडाध्यक्ष हुँदाको कामले प्रतिनिधिसभाको यात्रा तय

धरानका युवा नेता मनोज भट्टराई, वडाध्यक्ष हुँदाको कामले प्रतिनिधिसभाको यात्रा तय

by हंगामा खबर
२०८२ फाल्गुन १२ गते १०:३५ बजे प्रकाशित
0

रङ्गमञ्चका सविन, मिस्टर भर्जिनदेखि कोशेढुंगा, लालिमा हुदै ‘बाटुलो जुन सम्म

रङ्गमञ्चका सविन, मिस्टर भर्जिनदेखि कोशेढुंगा, लालिमा हुदै ‘बाटुलो जुन सम्म

by हंगामा खबर
२०८२ फाल्गुन ८ गते १७:०६ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist