Tuesday, March 3, 2026
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

चलचित्र ‘कुमारी’ को ट्रेलर सार्वजनिक , जेन्जी पुस्ताको प्रेमकहानी प्रस्तुत

यस वर्षकै प्रतीक्षित नेपाली प्रेम कथानक चलचित्र ‘कुमारी’ को ट्रेलर सार्वजनिक भएको छ ।

हंगामा खबर by हंगामा खबर
२०८२ माघ ११ गते १३:५० बजे प्रकाशित
in FEATURE, चलचित्र
0
चलचित्र ‘कुमारी’ को ट्रेलर सार्वजनिक , जेन्जी पुस्ताको प्रेमकहानी प्रस्तुत
41
SHARES
Share on FacebookShare on Twitter

यस वर्षकै प्रतीक्षित नेपाली प्रेम कथानक चलचित्र ‘कुमारी’ को ट्रेलर सार्वजनिक भएको छ । प्राय गरेर नेपाली चलचित्रहरुको ट्रेलर सिनेमाहल हरुमा औपचारिक कार्यक्रम गरेर रिलिज गरिदै आएपनि ‘कुमारी’ को ट्रेलर भने राजधानी काठमाडौंको भृकुटीमण्डपस्थित खुला स्थानमा भव्य कार्यक्रमबीच सार्वजनिक गरिएको छ। अनुमानित दश हजारभन्दा बढी दर्शकको प्रत्यक्ष उपस्थितिमा सम्पन्न यो कार्यक्रम नेपाली चलचित्रको इतिहासमै ट्रेलर सार्वजनिकतर्फको अभूतपूर्व र ऐतिहासिक घटना बनेको छ। लवस्टोरी जनरामा निर्माण भएको चलचित्रमा चर्चित निर्देशक दिनेश राउत फेरी आफनो जनारामा फर्किएका छन । उनले यो चलचित्रमा अहिलेका जेन्जी पुस्ताको प्रेमकथालाई गज्जवले प्रस्तुत गरिएको छ ।

खुला आकाशमुनि हजारौँ दर्शक साक्षी राख्दै प्रत्यक्ष रूपमा ट्रेलर रिलिज हुनु आफूले देखेको सपना पूरा भएको प्रतिक्रिया निर्देशक दिनेश राउतले व्यक्त गरे। उनले यति ठुलो सङ्ख्यामा उपस्थित दर्शकको उत्साह अब सिनेमा घरसम्म पनि पुग्ने विश्वास व्यक्त गरे। निर्माता महेन्द्र अधिकारीले दर्शकले दिएको मायाले आफूलाई निरन्तर नेपाली चलचित्रमा सक्रिय रहन थप प्रतिबद्ध बनाएको बताए।

ट्रेलर सार्वजनिक कार्यक्रममा चलचित्रका पार्श्व गायक केहर सिं लिम्बु र उनको ब्यान्ड ुकेहर एन्ड द लुङाुको विशेष प्रस्तुति रहेको थियो। साथै लोकप्रिय ब्यान्ड ुइस्त्रीजु र ुत्रिजा प्रदान एन्ड द टुकुचाुले पनि दर्शकलाई साङ्गीतिक प्रस्तुतिमार्फत झुमाएका थिए। साङ्गीतिक कन्सर्ट र चलचित्र प्रचारको संयोजनले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।

ADVERTISEMENT

यही चलचित्रबाट डेब्यु गरेका मुख्य कलाकारहरू अबिषेक खड्का र आकृति राजभण्डारीले हजारौँ दर्शकसँग प्रत्यक्ष साक्षात्कार गर्दै आफूहरूलाई दर्शकले दिएको स्वागतले अत्यन्तै पुलकित बनाएको बताए। दर्शकको उत्साह र तालीले उनीहरू भावुक देखिएका थिए।

सार्वजनिक ट्रेलरले एक संवेदनशील र रोमाञ्चक प्रेमकथाको झलक प्रस्तुत गर्छ। प्रेमलाई केन्द्रमा राख्दै पारिवारिक सम्बन्ध, रोमान्स र मनोवैज्ञानिक अन्तर्द्वन्द्वहरूलाई ट्रेलरले प्रभावशाली ढङ्गले उजागर गरेको छ। दुई पात्रबीचको प्रेम, सङ्घर्ष र जीवनका भावनात्मक मोडहरू दृश्यहरू मार्फत गहिरो रूपमा व्यक्त गरिएको छ।

ट्रेलरमा देखिने पुरुष पात्र ९अबिषेक खड्का० संवेदनशील, रिसाहा र परिस्थितिले थिचिएको युवक देखिन्छ। संवादभन्दा बढी हाउभाउ, आँखाको भाव र मौन अभिनयमार्फत प्रेमभित्रको असहायपनलाई सशक्त रूपमा प्रस्तुत गरिएको छ। ऊ प्रेममा पूर्ण समर्पित छ, तर समाज र परिस्थितिसँग निरन्तर सङ्घर्ष गरिरहेको सङ्केत ट्रेलरले दिन्छ।

त्यसै गरी महिला पात्र ९आकृति राजभण्डारी० केवल प्रेमिका मात्र नभई आत्मसम्मान, मौन विद्रोह र भावनात्मक साहसको प्रतीकका रूपमा उभिएकी देखिन्छिन्। उनको आँखामा देखिने डर, मौनतामा लुकेको पीडा र निर्णयका क्षणमा देखिने कठोरताले पात्रलाई अझ बलियो बनाएको छ। ट्रेलरले चलचित्र ुहेर्नु मात्र होइन, महसुस गर्नुपर्ने कथाु भएको अनुभूति गराउँछ।

कलाकारहरूको अभिनय, सङ्गीत, सिनेमाटोग्राफी र संवाद ट्रेलरमै उत्कृष्ट देखिएका छन्। दृश्य संयोजनले कथा र भावनालाई आकर्षक तरिकाले प्रस्तुत गर्दै दर्शकमा उत्साह र आशा जगाएको छ। शाहिल खानले सम्पादन गरेको यो ट्रेलर युट्युबको ट्रेन्डिङमा पुगिसकेको छ। कार्यक्रममा उपस्थित लभस्टोरी चलचित्रका सुरस्टार आर्यन सिग्देल र ुशाम्बालाु चलचित्रकी अभिनेत्री थिन्ले ल्हामोले अबिषेक र आकृतिलाई शुभकामना दिए।

‘आइ एम सरी’बाट निर्देशन यात्रा सुरु गरेका निर्देशक दिनेश राउत ‘नोभेम्बर रेन’ र ‘क्लासिक’ जस्ता सफल प्रेमकथाका लागि चिनिन्छन्। पछिल्ला वर्षमा सामाजिक विषयमा केन्द्रित चलचित्रहरू ुप्रसादु, ुप्रकाशु, ुपुजार सार्कीु निर्देशन गरेका आएका राउतले दर्शकको रुचिअनुसार फेरि प्रेमकथामा फर्किएको बताए। विनिश इन्टरटेन्मेन्टको ब्यानरमा महेन्द्र अधिकारीद्वारा निर्मित तथा विकास सुवेदीद्वारा लिखित चलचित्र ुकुमारीुमा नयाँ अनुहार अबिषेक खड्का र आकृति राजभण्डारीका साथै घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनषा शर्मालगायत कलाकारको अभिनय रहेको छ।

छायाङ्कन सुसन प्रजापतिले गरेका छन् भने सम्पादन तथा कलर ग्रेडिङ सुप्रिम पराजुलीको, साउन्ड डिजाइन उत्तम न्यौपानेको रहेको छ।यसअघि सार्वजनिक भएका ुडोको बुन्नेु, ुकता छौ मेरो फूलु र ुतिमी बिनाु जस्ता गीतले व्यापक चर्चा पाइसकेको सन्दर्भमा ुकुमारीुको ट्रेलरले पनि दर्शकको अपेक्षा अझ बढाएको देखिन्छ। ट्रेलर सार्वजनिक समारोहमा ुडोको बुन्नेु गीतले ५० लाख भन्दा बढी भ्युज प्राप्त गरेको खुसीयालीमा केक काटेर दर्शकमाझ खुसी साटिएको थियो। सबै गीतमा स्वर केहर सिंह लिम्बुले दिएका छन् भने सङ्गीतमा सुमन तामाङको सहभागिता रहेको छ। गीतका शब्द सागर लामिछाने मगर र सुमन तामाङले लेखेका छन्।

Previous Post

२६ औ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको खेलतालिका सार्वजनिक

Next Post

मनोज भट्टराईलाई जिताउन, चुनाव प्रचारप्रसारको लागि सम्पर्क कार्यालय स्थापना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

निर्वाचन आउन ४ दिन बाँकी हुँदा मनोजले युवाहरुलाई किन पत्र पठाए ? के छ पत्रमा

निर्वाचन आउन ४ दिन बाँकी हुँदा मनोजले युवाहरुलाई किन पत्र पठाए ? के छ पत्रमा

by हंगामा खबर
२०८२ फाल्गुन १७ गते १०:०८ बजे प्रकाशित
0

भूगोल र मन जोड्न नेपाली कम्युनिस्ट पार्टीको पैदल यात्रा सुरु

भूगोल र मन जोड्न नेपाली कम्युनिस्ट पार्टीको पैदल यात्रा सुरु

by हंगामा खबर
२०८२ फाल्गुन १३ गते १९:१८ बजे प्रकाशित
0

नेकपा एमाले सुनसरी १ को प्रतिबद्धता पत्र, धरानलाई चलचित्र हव बनाईने

नेकपा एमाले सुनसरी १ को प्रतिबद्धता पत्र, धरानलाई चलचित्र हव बनाईने

by हंगामा खबर
२०८२ फाल्गुन १२ गते १८:२७ बजे प्रकाशित
0

धरानका युवा नेता मनोज भट्टराई, वडाध्यक्ष हुँदाको कामले प्रतिनिधिसभाको यात्रा तय

धरानका युवा नेता मनोज भट्टराई, वडाध्यक्ष हुँदाको कामले प्रतिनिधिसभाको यात्रा तय

by हंगामा खबर
२०८२ फाल्गुन १२ गते १०:३५ बजे प्रकाशित
0

रङ्गमञ्चका सविन, मिस्टर भर्जिनदेखि कोशेढुंगा, लालिमा हुदै ‘बाटुलो जुन सम्म

रङ्गमञ्चका सविन, मिस्टर भर्जिनदेखि कोशेढुंगा, लालिमा हुदै ‘बाटुलो जुन सम्म

by हंगामा खबर
२०८२ फाल्गुन ८ गते १७:०६ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist