यहि माघ २३ गतेबाट प्रर्दशनमा आउन लागेको विशुद्ध प्रेमकथामा आधारित चलचित्र ‘कुमारी’ को प्रचार– प्रसार आक्रमक रुपमा अघि बढेको छ । चलचित्र ‘कुमारी’ निर्माण टिमले यतिबेला प्रचारको विभिन्न माध्यम अपनाएको छ । निर्माण टिमले आज धरान स्थित फ्रेण्डस् सिनेमाजको विल्डिङ नै ढाक्नेगरी ८० फिट अग्लो व्यानर झुण्डाएको छ । साथै निर्माण टिमले देशका मुख्य ५ शहरहरुमा कन्सर्ट पनि गर्ने घोषणा गर्दै ट्रेलरनै सार्वजनिक गरेको छ ।
निर्माण टिमका अनुसार माघ १ गते नेपालगन्ज, माघ ३ गते पोखरा, माघ ६ गते चितवन, माघ ९ गते काठमाडौं र माघ १७ गते दमकमा लाइभ कन्सर्ट आयोजना हुनेछ। काठमाडौंको कन्सर्टमै चलचित्र ‘कुमारी’को आधिकारिक ट्रेलर सार्वजनिक गरिने छ। ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट विथ केहर एन्ड द लुङा’ नाम दिएको कन्सर्टमा चलचित्रका मुख्य कलाकारहरु सहित व्याण्डको मुख्य प्रस्तुती रहने छ ।
विशुद्ध प्रेम कथामा धेरै हिट चलचित्र निर्देशन गरेका चर्चित निर्देशक दिनेश राउतको निर्देशनमा विशुद्ध प्रेम कथानक नेपाली चलचित्र ‘कुमारी’ बाट अभिषेक खड्का र आकृति राजभण्डारीले प्रमुख भूमिकामा डेब्यु गर्दैछन ।उनीहरूसँगै घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनीषा शर्मा र भूपी लुहार चलचित्रमा देखिनेछन्।चलचित्रको छायाङ्कन निर्देशन सुसन प्रजापतिले गरेका हुन्। निर्माण बिनिश इन्टरटेन्मेन्टले पिक्चर फ्रेमसँग सहकार्यमा गरेको हो भने निर्माता महेन्द्र अधिकारी हुन्। चलचित्रको स्क्रिप्ट विकास सुवेदीले लेखेका हुन्।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।