निर्देशक यम शेर्पाको निर्देशन रहेको चलचित्र ‘कर्साङ’ बाट सोलो नायिकाको रुपमा नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी नायिका सिर्जना निङलेखुले सफल चलचित्र ‘जारी–२’मा सशक्त अभिनय पछि सेर्पाकै अर्को चलचित्र ‘मिरमिरे’ मा सोलो नायिकाको रुपमा आएकी छिन । उनी अभिनित चलचित्र ‘मिरमिरे’ को ट्रेलर सार्वजनिक भएको छ । चलचित्र ‘मिरमिरे’ को ट्रेलर एक आम मानिसको घर घरको कथा रहेको छ ।

ट्रेलरमा देखाइए अनुसार आम मानिसको साधारण तर निकै पिडादायी कथालाई निर्देशक शेर्पाले गज्जवले पर्दामा उतारेका छन । परिवारमा एउटा बच्चाको लागि बाबाले धेरै खुसी बनाउन खोजेपनि आमाको काखनै खोजेको हुन्छ, आमाको काखनै चाहिने कुरालाई निर्देशक शेर्पाले जोड दिएका छन । श्रीमती नभएको घर, आमा नभएका सन्तान र श्रीमतीबेगरको श्रीमान् कति रित्तो हुन्छ भन्ने ट्रेलरमा देखाइएको छ ।
चलचित्रका मुख्य कलाकार दयाहाङ राई र प्रकाश सपुतको प्रेमको मझधारमा परेकी सिर्जनाको अभिनय गज्जवको छ । याहाङ, सिर्जना र प्रकाशबीचको त्रिकोणात्मक प्रेम देखाइएको छ । यार्सा फिल्मस्को प्रस्तुतिमा निर्माण भएको सिनेमामा दयाहाङ, प्रकाश, सिर्जना, र शाइसासहित माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, विमल यादव, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेल छन् । चलचित्रमा यम शेर्पाको लेखन तथा निर्देशन छ ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।