यहि महाशिवरात्रीबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘कल्ली’ को टिजर सार्वजनिक भएको छ । चलचित्रले ‘कल्ली’ भित्र लुकेको एउटा रहस्यमय कथा प्रस्तुत गर्ने देखिएको छ । गाउँघरमा वर्तमान पनि प्रचलित देवता र राक्षसको कथा लाई कथाकार तथा निर्देश लक्ष्मण सुनारले गज्जवले प्रस्तुत गरेका छन । दुई मिनेट तीन सेकेण्डको टिजरले चलचित्रको कथावस्तुलाई प्रस्ट पारिदिएको छ । मान्छे देवता संग हैन राक्षस संग डराउँछ भन्ने कुरालाई बिशेष जोड दिएको ‘कल्ली’ ले मानिसले आफुभित्र रहेको राक्षसलाई सखाप पार्न गरेको कथालाई देखाउने अपेक्षा गर्न सकिन्छ ।
चलचित्र ‘बुलाकी’ निर्देशन गरेका निर्देशक लक्ष्मण सुनारले निर्देशन गर्ने चलचित्र ‘कल्ली’ लेकाली इन्टरटेन्मेन्ट र कस्तूरी प्रोडक्सनको संयुक्त ब्यानरमा निर्माण छ । महेश दवाडीको लेखन रहेको यो चलचित्रमा सरोज नेपाली कार्यकारी निर्माताको भूमिकामा छन् ।चलचित्रमा सौगात मल्ल, अर्पण थापा, बेनिशा हमाल, विनोद न्यौपाने, रेयर राई, प्रियना आचार्य, गीता अधिकारी, कुलदिप अधिकारी र बेगम नेपाली लगायतका कलाकारहरूको पनि अभिनय रहनेछ । एक समयका चर्चित नायक उत्तम प्रधानले यही चलचित्रबाट १३ वर्षपछि कमब्याक गर्दैछन ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।