पछिल्लो नेपाली चलचित्रमा नयाँपन ल्याउने प्रयास भईरहेको बेला चर्चित अभिनेता प्रदिप खडकाको अभिनय रहेको प्रतिक्षित चलचित्र ‘एक्लो’ ले नेपाली चलचित्रमा फरक स्वाद , केही नयाँ ल्याृउने प्रयास गरेको सार्वजनिक ट्रेलरले देखाएको छ । खतरनाक भाइरसले सन् २०३० सम्म मानिसले पृथ्वी ग्रह छाड्ने भविष्यको एक काल्पनिक कथा भन्छ । त्यसको ६० वर्षपछि बेलायती अन्तरीक्षयात्री ज्याक (बेकन) आफ्ना साझेदारसँग हिमालय क्षेत्रमा क्रास(ल्यान्डिङ गर्छन् । तिनीहरूले आफ्नो वरपरको खोजी गर्छन् र पहाड बीचमा रहेको गुफाभित्र लुकेको शहर पत्ता लगाउँछन्, जहाँ तिनीहरूले एक रहस्यमय व्यक्तित्व (प्रदीप खड्का) लाई भेट्छन्, जो हिमालय क्षेत्रको पौराणिक संरक्षक हो । त्यसपछि उनीहरूको अगाडिको कथा सुरु हुन्छ । बाँकी कथालाई दोस्रो अध्यायमा देखाउने जानकारी निर्देशक शाहीले दिए ।
ट्रेलर रिलिज कार्यक्रममा चलचित्रका लेखक तथा निर्देशक प्रदीप शाही संगै चलचित्रका सम्पूर्ण मुख्य पात्रहरुको उपस्थिति रहेको थियो।कार्यक्रममा प्रदीप खड्का, विजय लामा, सुनील थापा, दिया पुन, वेनिशा हमाल, दिनेश डीसी, कविता नेपाली, सुरजसिंह ठकुरी लगाएतको उपस्थिति रहेको थियो। चलचित्र विकास बोर्डका अध्यक्ष समेत रहेका दिनेश डीसीले आफ्नो व्यस्तताको समयमा पनि टिम र चलचित्रको बिषयबस्तु मन परेर काम गरेको बताए। निर्देशक शाहीले टेक्निकल र अन्तररास्ट्रीय रुपमा नेपाललाइ चिनाउने गजबको सिनेमा ुएक्लोु बनाएको भन्दै प्रशंशा समेत गरे।
यो फिल्मलाई प्रदीप शाहीले निर्देशन गरेका हुन् । उनी अन्तिम संस्कार र गोर्खा ब्रिनिथ द ब्रेभरी जस्ता फिचर फिल्म निर्देशन गरि सकेका अनुभवी निर्देशक हुन् । पत्रकार सम्मेलनमा बोल्दै शाहीले पूर्वीय आध्यात्मिक परम्परालाई आफूले पश्चिमा जनराका तत्वसँग मिश्रण गरेको बताए ।काभ्रेको पनौती र हिमालपारिको जिल्ला मुस्ताङमा फिल्म छायांकन गरिएको छ ।विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलको ७८ औं संस्करणमा नेपाली फिल्म ‘एक्लो’ ले विभिन्न कार्यक्रममा सहभागिता जनाएको थियो।
कान्स मार्केटमा ‘एक्लो’ले अन्तर्राष्ट्रिय वितरक, सेल्स एजेन्ट, मेकर र ओटीटीमाझ फिल्म प्रवर्धन गरेको थियो । डिसेम्बर २८ तारिखको दिन अमेरिकाको न्युयोर्कस्थित विश्वप्रसिद्ध म्युजियम अफ द मुभिङ इमेज एक्लो को ऐतिहासिक प्रिमियर हुने तय भई सकेको छ। साइन्स–फिक्सनमा आधारित ‘एक्लो’ आगामी पुस १७ गतेदेखि नेपालसहित विश्व बजारमा प्रदर्शनमा आउने तयारीमा छ।
निर्देशक प्रदीप शाही बेलायतमा बसेर फिल्म निर्माणमा सक्रिय छन् र ‘एक्लो’ उनको तेस्रो निर्देशन हो। हलिउडस्तरको भिजुअल, प्रविधि र कथा प्रस्तुत गर्ने लक्ष्यसहित उनी यो फिल्म निर्माणमा जुटेका हुन्।प्रदीप खड्का, विजय लामा, सुनील थापा, दिया पुन, वेनिशा हमाल, दिनेश डीसी, कविता नेपाली, सुरजसिंह ठकुरी, एवन राज उप्रेती, त्रिचु राई, कृष्णभक्त महर्जन, विकास अधिकारी, दिग्गज खत्री, विनोद सुवेदी ‘क्षितिज’, श्रीशेष श्रेष्ठ, बाल कलाकार जेमिन श्रेष्ठ र स्योन सविक सिंह लगायतका कलाकारको अभिनय रहेको छ। साथै बेलायती अभिनेता जेमी बेकनको समेत महत्वपूर्ण भूमिका समावेश गरिएको छ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।