चर्चित हाँस्य कलाकार मरिचमान श्रेष्ठ बल्छी धुर्वेको डेव्यु निर्देशन रहेको चलचित्र ‘गोबर गणेश’को फर्स्टलुक सार्वजनिक भएको छ । आगामी माघ १ गतेबाट देशव्यापी प्रदर्शनमा आउने सिनेमाको मंगलबार सिनेमाका मुख्य कलाकार वर्षा सिवाकोटी र बल्छी धुर्बेलाई क्यारेक्टर लुक्समा प्रस्तुत छन् । उनीहरू एकअर्काको अपोजिटमा रहेको पोस्टरले प्रस्ट पारेको छ ।
सार्वजनिक पोस्टरमा वर्षा रिक्सा चलाइरहेको रिक्सामा बल्छी धुर्बे प्रशन्न मुद्रामा छन् । उनीहरूको मुहारले उनीहरू खुसीखुसी जिन्दगी बिताइरहेको प्रतित हुन्छ । यो पोस्टरले उनीहरू नगरपालिकाको फोहोर उठाउने कर्मचारीजस्ता देखिन्छन् । रिक्सामा फोहोर र उठाउने डस्ट प्यान छ । ‘गोबर गणेश’को छायांकन सकेर अहिले पोस्टप्रोडक्सनमा छ । डेव्यु निर्देशक श्रेष्ठले ‘गोबर गणेश’लाई सानो पर्दामा जस्तै ठूलो पर्दामा पनि दर्शकबाट माया पाउने अपेक्षा रहेको बताए ।

बल्छी धुर्बे फिल्मस्को प्रस्तुतिमा निर्माण भइरहेको सिनेमामा बल्छी र वर्षासहित विनोद न्यौपाने, पदम तामाङ, निर्मल शर्मा, लक्ष्मीनाथ तिमलसेना, सन्तोष बानियाँ, सन्दीप लामा, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना, पुजन घिमिरे ९पुकु०, बुद्धि तामाङ, विशाल पहाडी, रमेश बुढाथोकी, स्वस्तिका लामिछाने लगायत छन् ।तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक रहेको सिनेमामा योगेश काजी शाहको बीजीएम, शंकर पाण्डेको प्रोडक्सन डिजाइन, शिवराम श्रेष्ठको डीओपी र विपीन मल्लको सम्पादन रहनेछ ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।