Tuesday, March 3, 2026
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

रामकृष्ण ढकालको चलचित्र ‘मालती मङ्गले’को गीत ‘ढुङ्गा माथि लेउ’ छायाङ्कनमा व्यस्त विजय र वर्षा

यसै वर्षको अन्त्यतिर प्रदर्शनमा आउने नेपाली चलचित्र ‘मालती मङ्गले’ छायाङ्कनको अन्तिम चरणमा नयाँ उत्साहसहित प्रवेश गरेको छ।

हंगामा खबर by हंगामा खबर
२०८२ मंसिर २४ गते १५:४५ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
रामकृष्ण ढकालको चलचित्र ‘मालती मङ्गले’को गीत ‘ढुङ्गा माथि लेउ’ छायाङ्कनमा व्यस्त विजय र वर्षा
39
SHARES
Share on FacebookShare on Twitter

यसै वर्षको अन्त्यतिर प्रदर्शनमा आउने नेपाली चलचित्र ‘मालती मङ्गले’ छायाङ्कनको अन्तिम चरणमा नयाँ उत्साहसहित प्रवेश गरेको छ। यसअघिको छायाङ्कनमा चलचित्रका दुई गीत बाँकी रहेकोमा पहिलो गीत ‘ढुङ्गा माथि लेउ’ को छायाङ्कन अहिले भइरहेको छ।एसडी योगीको सङ्गीत रहेको यो गीतलाई रामकृष्ण ढकाल र रीतिका श्रेष्ठले स्वर दिएका छन् भने शब्द हर्क साउदका हुन्। गीतको एरेन्जिङ रिकेश गुरुङले गरेका छन्। गीतमा अभिनेता विजय बराल र अभिनेत्री वर्षा राउतले रोमान्टिक नृत्य गरिरहेका छन्, जहाँ उनीहरू क्लासिक बलिउड लुकमा रहेका छन्। यसको कोरियोग्राफी रोशन बिकेले गरेका छन्।

छायाङ्कन निर्देशक अर्जुन तिवारीको फ्रेममा सोमवार काठमाडौंको जर्सिङ पौवामा छायाङ्कन भइरहेको छ भने मङ्गलवार इन्द्रावती नदीमा निरन्तरता दिइनेछ। निर्माण टिमका अनुसार यो गीतपछि अर्को एक गीतको छायाङ्कन बाँकी छ, जसपछि चलचित्रको सम्पूर्ण छायाङ्कन पूर्ण हुनेछ।रानी म्युजिक इन्टरनेशनल प्रा।लि।को ब्यानरमा युनी इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भइरहेको चलचित्रका निर्माता रामकृष्ण ढकाल हुन् भने सह–निर्मातामा बाबु सुवेदी, रविन श्रेष्ठ, वेदना कर्माचार्य श्रेष्ठ, पद्मावती गुरुङ र स्वीकृति बस्नेत छन्। निर्देशक प्रकु पाण्डेयले चलचित्र निर्देशन गरिरहेका छन्, कथा पनि उनकै लेखन हो। पटकथा तथा संवाद संयोग गुरागाईँले तयार गरेका हुन्।

चलचित्रमा विजय बराल, वर्षा राउत र मेक्सम गौडेल मुख्य भूमिकामा छन्। साथै सुवर्ण थापा, प्रकाश घिमिरे, सरिता गिरी, सुस्मा निरौला, सुनिल तामाङ, उमेश सुनाम, शकु शाह, सुचित्रा उप्रेती, दिनेश शाही, रिजन परियार, तारा शर्मा, गीता श्री, राज पङ्गेनी, सुस्मिता गुरुङ र सागर भट्टराईलगायत कलाकारहरूको पनि उपस्थिति रहेको छ।

ADVERTISEMENT
Previous Post

चलचित्र ‘कुमारी’ को अफिसियल गीत ‘कता छौ मेरो फूल’ सार्वजनिक

Next Post

‘गोबर गणेश’को फर्स्टलुकमा बर्षाले चलाएको फोहोर बोक्ने रिक्सामा बल्छी धुर्बे

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

निर्वाचन आउन ४ दिन बाँकी हुँदा मनोजले युवाहरुलाई किन पत्र पठाए ? के छ पत्रमा

निर्वाचन आउन ४ दिन बाँकी हुँदा मनोजले युवाहरुलाई किन पत्र पठाए ? के छ पत्रमा

by हंगामा खबर
२०८२ फाल्गुन १७ गते १०:०८ बजे प्रकाशित
0

भूगोल र मन जोड्न नेपाली कम्युनिस्ट पार्टीको पैदल यात्रा सुरु

भूगोल र मन जोड्न नेपाली कम्युनिस्ट पार्टीको पैदल यात्रा सुरु

by हंगामा खबर
२०८२ फाल्गुन १३ गते १९:१८ बजे प्रकाशित
0

नेकपा एमाले सुनसरी १ को प्रतिबद्धता पत्र, धरानलाई चलचित्र हव बनाईने

नेकपा एमाले सुनसरी १ को प्रतिबद्धता पत्र, धरानलाई चलचित्र हव बनाईने

by हंगामा खबर
२०८२ फाल्गुन १२ गते १८:२७ बजे प्रकाशित
0

धरानका युवा नेता मनोज भट्टराई, वडाध्यक्ष हुँदाको कामले प्रतिनिधिसभाको यात्रा तय

धरानका युवा नेता मनोज भट्टराई, वडाध्यक्ष हुँदाको कामले प्रतिनिधिसभाको यात्रा तय

by हंगामा खबर
२०८२ फाल्गुन १२ गते १०:३५ बजे प्रकाशित
0

रङ्गमञ्चका सविन, मिस्टर भर्जिनदेखि कोशेढुंगा, लालिमा हुदै ‘बाटुलो जुन सम्म

रङ्गमञ्चका सविन, मिस्टर भर्जिनदेखि कोशेढुंगा, लालिमा हुदै ‘बाटुलो जुन सम्म

by हंगामा खबर
२०८२ फाल्गुन ८ गते १७:०६ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist