सफलताका साथ १३ औ दिनमा प्रद{शन भईरहेको चलचित्र {‘मन बिनाको धन’ को ग्रस कलेक्सन तीन करोड माथि भएको छ । चलचित्रका मुख्य कलाकार अशोक दजी{ र रमेश बिश्वकमा{ रहेको {‘मन बिनाको धन’ लाई राष्ट्रिय दलित आयोग ले बधाई तथा शुभकामना ज्ञापन गरेको छ । राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले बुधबार एक वक्तव्य जारीगरि चलचित्र मन बिनाको धनलाई धन्यवाद ज्ञापन गर्दै शुभकामना व्यक्त गरेका हुन । लोकप्रिय बालगायक अशोक दर्जीको मुख्य भूमिका रहेको यस चलचित्रले समाजमा व्याप्त जातिय छुवाछुत जस्ता कुप्रथाहरू विरुद्ध सकारात्मक सन्देश प्रवाह गरेको भन्दै राष्ट्रिय दलित आयोगले धन्यवाद ज्ञापन गरेको हो।

गत कात्तिक २१ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘मन बिनाको धन’ मा निर्माता बिष्णु माया मैनाली रहेकी छिन् भने कार्यकारी निर्मातामा सपना शर्मा रहेकी छिन् । यस्तै जी।पी संग्रोला, बिबेक नेपाल र बिजया पाण्डे सहनिर्मातामा रहेका छन् । अशोक दर्जीले आफ्नो पहिलो गीत ‘मन बिनाको धन ठुलो कि धन बिनाको मन’ मार्फत आफ्नो जीवन नै परिवर्तन गरेका छन् । गीतमा टंक बुढाथोकीको संगीत रहेको छ । दर्जी हाल काठमाडौंमा कक्षा ९ मा अध्ययनरत छन् ।

चलचित्र अशोक दर्जी सगै सरोज खनाल,सन्तोष पन्त,रमा थपलिया, नीता ढुंगाना, भोला सापकोटा,बुद्दि तामाङ, रमेश विश्वकर्मा, रवीन्द्र झा,पार्वती अधिकारी , उत्सव सापकोटा, एआर बुढाथोकी, शंकर श्रेष्ठ, साम्राज्ञी थापा,बिना राउत, ए।आर बुढाथोकी,बाबु पराजुली,रक्षा श्रेष्ठ,प्रियंका झा,विनय अधिकारी,आर्यन पोखरेल,विजय डंगोल लगायतका कलाकारको अभिनय रहेको छ । टंक बुढाथोकी संगीत,सौरभ लामाको छायांकन,कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी,मित्र डी।गुरुङको सम्पादन र नवराज शर्माको मुख्य सहायक निर्देशन रहेको छ ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।