३७ औँ दिनमा सफलताका साथ प्रदर्शन भइरहेको चलचित्र ऊनको स्वीटरमा समावेश रहेको ४ ओटै गीतहरु युट्युबमा करोड क्लबमा स्थान बनाउन सफल भएका छन् ।नेपाली चलचित्र उद्योगमा यति बेला चलचित्र ुऊनको स्वीटरुले नयाँ कीर्तिमान स्थापित गरेको छ । आज प्रदर्शनको ३७ औँ दिनमा पनि सफलताका साथ चलिरहेको यस चलचित्रका सम्पूर्ण गीतहरूले युट्युबमा करोड क्लबमा स्थान बनाउन सफल भएका छन् ।
साङ्गीतिक पक्षले पाएको यो अभूतपूर्व सफलतासँगै ुऊनको स्वीटरुको म्युजिक एल्बम नै सुपरहिट साबित भएको छ । हालै ुचाइनेजो जिन्दगानीमाु बोलको गीतले पनि १ करोड भ्यूज कटाएसँगै यो गौरवपूर्ण माइलस्टोन हासिल भएको हो । यो समाचार तयार पार्दासम्म ुफूलहरू मुस्काउँछन्ु २ करोड १० लाख ९२१ मिलियन० भ्यूज, ुमखमलीु १ करोड ३० लाख ९१३ मिलियन० भ्यूज, ुकाफ्लेु १ करोड ३० लाख ९१३ मिलियन० भ्यूज र ुचाइनेजो जिन्दगानीमाुले १ करोड ९१० मिलियन० भ्यूज प्राप्त गरेका छन् ।
यस सफलताप्रति आर्टमाण्डु परिवारले दर्शक तथा श्रोताहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गरेको छ । ूनेपाली चलचित्रले पाएको यो सफलता धेरै समय पछि नै हुनुपर्छ । हामी हजुर दर्शक श्रोताहरू प्रति कृतज्ञ छौँ,ू आर्टमाण्डु परिवारले जारी गरेको वक्तव्यमा उल्लेख छ ।यो सफलताले आगामी दिनका लागि थप सकारात्मक दबाब र चुनौती थपेको पनि आर्टमाण्डु परिवारले जनाएको छ । चलचित्रका निर्देशक नवीन चौहानले भविष्यमा पनि यस्तै मिहिनेतका साथ राम्रा फिल्महरू निर्माण गरिरहने उनीहरूले प्रतिबद्धता व्यक्त गरे ।
चलचित्रमा विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सन विक्रम राई, सुरज तमु, भावना खपाङ्गी मगर, सुनिल पोखरेल लगायतका कलाकारको अभिनय छ । ुऊनको स्वीटरु वि।सं। २०८२ सालको पहिलो सुपरहिट चलचित्र बन्न सफल भइसकेको छ । यो चलचित्र हाल नेपालभरका दर्जनौँ हलहरू तथा अमेरिका, अस्ट्रेलिया, जापान, दक्षिण कोरिया, युरोप, मध्यपूर्वलगायतका देशहरूमा यसको प्रदर्शन भइरहेको छ ।