Monday, June 16, 2025
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

धेरै वर्षपछि चलचित्रमा पूर्वेली मारुनी भाकाको गीत, सोल्टीनी मा प्रकाश र परिक्षाको मारुनी नृत्य

लगभग ९ बर्ष अघि निरुता सिंह र दिलिप रायमाझी अभिनित चलचित्र बन्धकी मा समावेश भएको पूर्वेली मारुनी भाका दशै दिक्पालमा पछि फेरी एकपटक नेपाली चलचित्रमा पूर्वेली मारुनी भाकाको गीत समावेश गरिएको छ ।

हंगामा खबर by हंगामा खबर
२०८२ जेष्ठ २७ गते ११:०४ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
धेरै वर्षपछि चलचित्रमा पूर्वेली मारुनी भाकाको गीत, सोल्टीनी मा प्रकाश र परिक्षाको मारुनी नृत्य
39
SHARES
Share on FacebookShare on Twitter

लगभग ९ बर्ष अघि निरुता सिंह र दिलिप रायमाझी अभिनित चलचित्र बन्धकी मा समावेश भएको पूर्वेली मारुनी भाका दशै दिक्पालमा पछि फेरी एकपटक नेपाली चलचित्रमा पूर्वेली मारुनी भाकाको गीत समावेश गरिएको छ । सत्य जुगैको बोलको गीतमा शब्द सङ्गीत प्रशान्त सिवाकोटी र स्वर अस्मीता अधिकारी र प्रशान्तकै रहेको छ । दशै दिक्पालमा र तुलशी पराजुलीको आकाशैको कालो बादल गीत संग मिलेपनि रिलिज भएको सत्य जुगै निकै मिठो गीत बनेको छ । मौसम हिमालीको कोरियोग्राफी रहेको गीतको भिडियोमा अभिनेता प्रकाश सपुत र अभिनेत्री परीक्षा लिम्बुको गज्जव नृत्य रहेको छ । गीतमा सुन्दर धिताल र सब्बु गुरुङले नृत्य प्रस्तुत गरेका छन् ।

आगामी असोज ३ गते संविधान दिवसको अवसर पारेर रिलिज हुने तयारीमा रहेको बहु प्रतीक्षित नेपाली चलचित्र ुसोल्टिनीुको भोजपुरका रमणीय स्थानहरुमा छायाङ्कन गरिएको छ । करिब ९ वर्षपछि नेपाली चलचित्रमा मारुनी गीत समावेश भएको छ, जसले दर्शकमाझ विशेष चासो जगाउने अपेक्षा लिएको चलचित्रका निर्देशक अर्जुन सुवेदीले बताए ।यो चलचित्र इलाम बजार, बिब्ल्याँटे, कन्याम, बिर्तामोड, पथरी र भोजपुरका रमणीय दृश्यहरूमा छायाङ्कन गरिएको छ ।

निर्देशक सुवेदीका अनुसार यस चलचित्रले दर्शकलाई फरक स्वादको कथासँग जोड्नेछ । चलचित्रले समाजमा व्याप्त अमानवीयता र जातीय भेदभावका विरुद्ध आवाज उठाउनेछ भने दुई प्रमुख पात्रबीचको प्रेम कथा यसको मुख्य आकर्षण रहेको छ । प्रकाश सपुत र परीक्षा लिम्बुको जोडी पहिलो पटक यस चलचित्रमार्फत एकसाथ पर्दामा देखिँदैछ ।चलचित्रमा नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकारहरू विल्सन विक्रम राई, सब्बु गुरुङ, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा, कविता आले, सुन्दर धिताल, सुजन खतिवडालगायतका कलाकारहरूले अभिनय गरेका छन् ।

ुसोल्टिनीुका गीतहरूमा सङ्गीत प्रशान्त सिवाकोटी र हर्कुलस बस्नेतले दिएका छन् भने छायाङ्कन सुशन प्रजापतिले गरेका हुन् । चलचित्रलाई अर्जुन सुवेदी र कुमार भट्टराईले लेखेका छन् ।प्लानेट थ्री फिल्म्स र योलो इन्टरटेन्मेन्टको सहकार्यमा बनेको यो चलचित्रका निर्माताहरू रेजिना बिस्ट र संसार चौलागाईँ हुन् । रोयल भीमसेन र ट्राइडेन्ट कन्सेप्टले पोस्टर तथा पब्लिसिटी डिजाइन गरेका छन् भने आरआर फिल्मस् प्रा।लि।ले नेपालमा वितरण गर्नेछ । चलचित्रको डिजिटल अधिकार ओएसआर डिजिटलले खरिद गरेको छ ।

तराइको कथालाई लिएर एक्सन चलचित्र ुरङ्गेलीु निर्देशन गरेका अर्जुन सुवेदीले अब पहाडी जिल्ला भोजपुरको एक गाउको कथा लाई लिएर चलचित्र ुसोल्टिनीु निर्देशन गरेका छन । चलचित्र पूजार सार्की बाट उदाएकी परिक्षा लिम्बु र चर्चित गायक तथा कलाकार प्रकाश सपुतको मुख्य भूमिका रहने ुसोल्टीनीु ले भोजपुरको एक गाउको पोखरेल थरका भिमसेन पोखरेल९प्रकाश सपुत ० र राई थरकी दिलाशा राई ९ परिक्षा लिम्बु० बिचको अन्तरजातीय प्रेम कथालाई पर्दा उतार्ने निर्देशक सुवेदीले जानकारी दिए ।

जातीय भेदभाव र अपुरो प्रेमको संवेदनशील कथा उठान गरिने चलचित्रमा चर्चित कथा वाचक साइग्रेस पोखरेलको मार्मिक कथा वाचनले चलचित्रको भाव व्यक्त गरेको छ । वाचनमा उनले भनेका छन्, “मानिसबाट मानिसलाई हुने छि छि दुरदुर, अमानवता र जातीय भेदभाव मेटाउन कसैले त कलम अगाडि बढाउनै पर्छ, कि त पैताला जलाउनै पर्छ ।” यसबाट चलचित्रले समाजमा विद्यमान अमानवीयता र जातीय भेदभावलाई उजागर गर्दै यस विरुद्ध आवाज उठाउने कथा प्रस्तुत गर्ने सङ्केत गरेको छ ।

Previous Post

मोफसलका ४ शहरमा ‘महाभोज’ को प्रीमियर हुँदै, धरानमा जेठ २९ गते हुने

Next Post

चलचित्र ‘महाभोज’ को पोखरामा प्रिमियर सम्पन्न , दर्शकहरुद्धारा आक्रोश प्रशंसा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

पाँचौं संस्करणको ‘मिस एसईई इटहरी-२०८२’ को उपाधी श्रेयसी भट्टराईलाई

पाँचौं संस्करणको ‘मिस एसईई इटहरी-२०८२’ को उपाधी श्रेयसी भट्टराईलाई

by हंगामा खबर
२०८२ असार १ गते २२:४३ बजे प्रकाशित
0

सफल चलचित्र  ऊनको स्वीटरको सबै ४ ओटै गीतहरु युट्युबमा करोड क्लबमा

सफल चलचित्र ऊनको स्वीटरको सबै ४ ओटै गीतहरु युट्युबमा करोड क्लबमा

by हंगामा खबर
२०८२ जेष्ठ ३२ गते १७:१३ बजे प्रकाशित
0

चलचित्र  ‘महाभोज’  को पोखरामा प्रिमियर सम्पन्न ,  दर्शकहरुद्धारा आक्रोश प्रशंसा

चलचित्र ‘महाभोज’ को पोखरामा प्रिमियर सम्पन्न , दर्शकहरुद्धारा आक्रोश प्रशंसा

by हंगामा खबर
२०८२ जेष्ठ २८ गते १०:४२ बजे प्रकाशित
0

धेरै वर्षपछि चलचित्रमा पूर्वेली मारुनी भाकाको गीत, सोल्टीनी मा प्रकाश र परिक्षाको मारुनी नृत्य

धेरै वर्षपछि चलचित्रमा पूर्वेली मारुनी भाकाको गीत, सोल्टीनी मा प्रकाश र परिक्षाको मारुनी नृत्य

by हंगामा खबर
२०८२ जेष्ठ २७ गते ११:०४ बजे प्रकाशित
0

मोफसलका ४ शहरमा ‘महाभोज’ को प्रीमियर हुँदै, धरानमा जेठ २९ गते हुने

मोफसलका ४ शहरमा ‘महाभोज’ को प्रीमियर हुँदै, धरानमा जेठ २९ गते हुने

by हंगामा खबर
२०८२ जेष्ठ २६ गते २२:३८ बजे प्रकाशित
0

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© ................ Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© ................ Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
error: Content is protected !!

Add New Playlist